कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अबैध रकम सहित १ जनालाई पक्राउ गरीएको छ । bचेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-१८ का रवि शाहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैँया सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।