one
विज्ञापन

पर्यटकीय तथा धार्मिक क्षेत्र धरान–१४ स्थित प्रसिद्ध पिण्डेश्वर मन्दिर परिसरमा विजयपुर आध्यात्मिक मञ्चको आयोजनामा भव्य सामूहिक ब्रतबन्ध कार्यक्रम

Article Image
Article Image
Article Image
Article Image
Article Image

सुनसरीको पर्यटकीय तथा धार्मिक क्षेत्र धरान–१४ स्थित प्रसिद्ध पिण्डेश्वर मन्दिर परिसरमा विजयपुर आध्यात्मिक मञ्चको आयोजनामा भव्य सामूहिक ब्रतबन्ध कार्यक्रम सम्पन्न भएको छ । संस्कार र संस्कृतिलाई आधुनिकताको नाममा भड्किलो र खर्चिलो बनाउँदै लगिएको वर्तमान परिवेशमा मञ्चले विगत तीन दशकभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको यस अभियानलाई निरन्तरता दिएको हो ।

वि.सं. २०४८ सालदेखि निरन्तर हुँदै आएको यस सामूहिक कर्मकाण्डमा यसपटक २२ जना बटुकहरूको सामूहिक ब्रतबन्ध तथा २ जना बालिकाहरूको गुन्यु–चोली कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका तेह्रथुम, धनकुटा, उदयपुर, मोरङ र सुनसरी लगायत विभिन्न जिल्लाबाट आएका बटुकहरू र उनीहरूका आफन्तहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
वैदिक विधि अनुसार विद्वान गुरुहरू तथा पण्डितहरूको उपस्थितिमा मन्त्रोच्चारणसहित बटुकहरूलाई जनै धारण गराइएको थियो । आफनो धर्म कर्म अनुसारको रितिरिवाज अनुसार यो प्रचलन रहदै आएकोे कार्यक्रम संयोजक डा. दिनेसप्रसाद आचार्यले बताउनु भयो । बटुकहरूलाई गायत्री मन्त्रको दीक्षा दिँदै उनीहरूको आध्यात्मिक यात्राको औपचारिक सुरुवात गराइएको कार्यक्रमले सामाजिक सद्भाव र एकतालाई थप सुदृढ बनाएको उनको भनाइ छ ।

विजयपुर आध्यात्मिक मञ्चले केवल कर्मकाण्ड सम्पन्न गर्ने मात्र नभई सनातन धर्म र संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई जागरूक गराउने उद्देश्य पनि अघि सारेको छ । मञ्चले प्रति बटुक मात्र २ हजार ५ सय रुपैयाँ शुल्क लिएर सम्पूर्ण व्यवस्थापन गरेको जनाएको छ । व्यक्तिगत रूपमा घरमै ब्रतबन्ध गर्दा लाखौँ रुपैयाँ खर्च हुने र अनेक झन्झट व्यहोर्नुपर्ने अवस्थालाई यस सामूहिक कार्यक्रमले सहज बनाएका

यस सामूहिक ब्रतबन्ध कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवार मात्र नभई समय अभाव र अनावश्यक खर्चबाट मुक्त हुन चाहने मध्यम तथा उच्च वर्गीय परिवारलाई समेत एउटै थलोमा जोडेको छ । कार्यक्रमको समापनमा बटुकहरूलाई मञ्चका तर्फबाट प्रमाणपत्र तथा उपहार प्रदान गरिएको थियो । कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यवस्थित र वृहत् बनाउँदै लैजाने मञ्चका अध्यक्ष पितरुमल अग्रवालले जानकारी दिनुभयो ।

सामुहिक कार्यक्रममले हिन्दू संस्कारलाई सहज, सरल र मितव्ययी ढंगबाट सम्पन्न गर्न सहयोग पु¥याएको छ । विजयपुर आध्यात्मिक मञ्चले आगामी वर्षहरूमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरी व्यवस्थापन सुदृढ गर्ने योजना बनाएको छ । कम खर्च, सरल व्यवस्थापन र सामूहिक सहभागितामार्फत संस्कार सम्पन्न गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियान वर्षेनि थप प्रभावकारी बन्दै गएको छ । यहाँ नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतबाट समेत सामाजिक संस्कारका कार्यक्रम सम्पन्न गर्न आउने गरेको पाइएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन