धरान । बुधबारदेखि शुरु हुने सातौ कोशी प्रदेश स्तरीय अन्तर विद्यालय प्रतियोगिता अन्तर्गतको डिआजिपी रनिङ फुटबल कपमा यस बर्ष सहभागीमध्ये एउटा विद्यालय भने सामुदायिक विद्यालय रहेको छ । विगतमा नीजि विद्यालयमात्र सहभागी हुने प्रतियोगिता यस बर्षदेखि सामुदायिक विद्यालय पनि सहभागी भएको आयोजकले जनाएको छ ।
विद्यालयस्तरमै लुकेका फुटबल प्रतिभा पहिचान र विकास गर्ने लक्ष्यका साथ नेपाल प्रहरी विद्यालय धरानले यस वर्ष सातौँ कोशी प्रदेश अन्तर–विद्यालय डिआइजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ पौष ९ गते बुधबारबाट शुरु हुदैछ । ‘खेलकुद मार्फत एकता’ भन्ने मूल नारा सहित सञ्चालन हुन लागेको यो प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट १६ वटा विद्यालयले प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन् । त्यसमध्ये धरानको ज्ञानेदय मावि एकमात्र सामुदायिक विद्यालय प्रतिष्पर्धामा रहेको छ ।
आयोजकका अनुसार प्रतिष्र्धामा आएका विद्यालयमध्ये ८ वटा सुनसरी र बाँकी आठवटा टिम बाहिरका रहेका छन् । ०५८ सालमा सुरुआत गरिएको यस प्रतियोगिताका यसअघिका छ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेकोले सातौँ संस्करणअन्तर्गत पुष ९ देखि १९ सम्म हुने प्रतियोगिता अझ व्यवस्थित बनाउन लागिएको आयोजको भनाई छ ।
प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने छन् । अध्ययनसँगै खेलप्रति पनि विद्यार्थीलाई अभिरुची बढाई ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियागिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टोलीले नगद ८१ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४१ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ ले नगद १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, टुर्नामेन्टको उत्कृष्ट खेलाडी तथा फेयर–प्ले टिम लाई नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यी विधागत उत्कृष्ट खेलाडीहरूले कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्ति समेत प्राप्त गर्नेछन ्। उत्कृष्ट रिपोर्टरलाई पनि नगद २ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।