one
विज्ञापन

इन्जिनियरिङ अध्ययन संस्थान (आई ओ ई) पूर्वाञ्चल क्याम्पस धरानमा १७ औँ आईओई स्नातक सम्मेलन

Article Image
Article Image

धरान । इन्जिनियरिङ अध्ययन संस्थान (आई ओ ई) पूर्वाञ्चल क्याम्पस धरानमा १७ औँ आईओई स्नातक सम्मेलन दुई दिनसम्म चलेको छ । सम्मेलनमा सिभिल इन्जिनियरिङ, मेकानिकल, आर्किटेक्चर लगायत विभिन्न विषयका स्नातक विद्यार्थीहरूले आफ्नो अनुसन्धान र कार्यपत्र प्रस्तुत गरेका छन् ।

कन्फ्रेन्समा दुई दिनमा १४ सेसन सञ्चालन भएको थियो, जसमा ९४ कार्यपत्रमध्ये ७४ वटा अनलाइनमार्फत प्रस्तुत गरियो भने २२ वटा प्रत्यक्ष रूपमा प्रिजेन्टेशन गरिएको थियो । कार्यपत्रहरू ब्ल्याकबोर्डमा एटेन्सन राख्नको लागि विद्यार्थीहरूले प्रिजेन्टेशन गरिसकेपछि मात्र काउन्ट हुने व्यवस्था भएको पूर्वाञ्चल इन्जिनियर क्याम्पसका सहायक क्याम्पस प्रमुख अनु श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्वाञ्चल क्याम्पस प्रमुख अनु ढकालका अनुसार, स्नातक विद्यार्थीहरूले दुई वर्षको अध्ययन र अनुसन्धानबाट तयार पारेका थेसिस र कार्यपत्रहरू यहाँ प्रस्तुत गरिएको छ । । यस सम्मेलनमा अन्तर्राष्ट्रिय र राष्ट्रिय समीक्षकहरूले समीक्षा गर्छन् । हाल नेपालमा चारवटा आंगिक क्याम्पसमा स्नातक तहको शिक्षा सञ्चालन भइरहेको छ र ३६ वटा मास्टर्स प्रोग्रामहरू पनि समावेश छन् । पहिले सीमित रूपमा हुने प्रस्तुति अहिले अनलाइन उपलब्ध भएकोले विश्वभरिका विद्यार्थीहरूले हेर्न र सिक्न सक्ने अवसर पाएका छन् ।

न्यूजील्याण्डबाट सहभागी सिभिल इन्जिनियरिङका प्रोफेसर तथा विभाग प्रमुख राजेश ढकालले यहाँ स्नातक विद्यार्थीहरूको अनुसन्धानलाई विज्ञहरूसामु राखेर सुझाव लिँदा विद्यार्थीहरूले आफ्नो स्तर उन्नति गर्ने अवसर पाउने बताउनुभयो । यसले अनुसन्धानको गुणस्तर सुधार गर्न मद्दत गर्ने भएकोले यो कन्फ्रेन्स विद्यार्थीहरूको लागि सुनौलो अवसरको रुपमा लिने गरिएको उहाँको भनाई छ ।

यसअघि १६ औँ आईओई स्नातक सम्मेलन इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा वैशाख ५–७ गते सञ्चालन भएको थियो । यस पटकको सम्मेलन पूर्वाञ्चल क्याम्पस धरानमा सम्पन्न भए पनि यसले विद्यार्थीहरूलाई नयाँ अनुसन्धान विषय, ज्ञान र अनुभव सिक्ने अवसर प्रदान गरेको छ ।
कन्फ्रेन्सले विद्यार्थीहरूको अनुसन्धानमा छलफलको अवसर मात्र नभई, नयाँ अनुसन्धान र नवीनतम प्रविधि बुझ्ने, अन्तरक्रिया गर्ने र आफ्नै अध्ययनलाई सुधार्ने सुनौलो अवसर पनि उपलब्ध गराएको बताइएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन