one
विज्ञापन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी रकम हस्तान्तरण

Article Image

धरान । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स धरान–२ शाखाले एक बीमितको मृत्युपछि उनका परिवारलाई बीमाको मृत्युदाबी रकम हस्तान्तरण गरेको छ।
स्र्वर्गीय सानु भीमबहादुर विश्वकर्माले दुई वर्षअघि बीमा अभिकर्ता मार्फत तीन लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी खरिद गरेका थिए । बीमा सुरु गरेको करिब दुई वर्ष दुई महिनापछि हृदयाघातका कारण उपचारको क्रममा अस्पतालमा उनको निधन भएको थियो।
बीमितको निधनपछि कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी मृत्युदाबी रकम आज स्वर्गीय विश्वकर्माकी श्रीमती गीता विश्वकर्मालाई हस्तान्तरण गरेको हो । उक्त रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्स धरान–२ शाखाको सभा हलमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक सरिता न्योपानेद्वारा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सरिता न्योपानेले जीवन बीमाले दुःखद परिस्थितिमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने बताउँदै बीमाको महत्वबारे प्रकाश पार्नुभएको थियो। उक्त कार्यक्रममा शाखाका अन्य कर्मचारीहरू,MDRT Devendra Shrestha, एजेन्सी म्यानेजरहरू तथा बीमितका आफन्तहरूको समेत उपस्थिति रहेको थियो । रकम प्राप्त गरेपछी स्र्वर्गीय विश्वकर्माकी श्रीमती गीता विश्वकर्माले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिदै इन्स्योरेन्स प्रति आफु बिश्वस्त रहेको र अरुलाई पनि बिश्वस्त रहन बताइन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन