one
विज्ञापन

ब्राउन सुगरसहित चार पक्राउ

बर्दिबास नगरपालिका –३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नुवाकोट सूर्यगढी गाउँपालिका –४ का अविरल परियार सिरहा मिर्चैया नगरपालिका –८ का गाडी चालक मुरलीकुमार राय मिर्चैया नगरपालिका –१ का रमण घिमिरे र मिर्चैया नगरपालिका –७ घुर्मीका सुनिल पटेल रहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासका प्रहरी नायव निरीक्षक सरोजकुमार अधिकारी र इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी. विकास बमको संयुक्त कमाण्डमा खटिएको ट्राफिकसहितको टोलीले गौरीडाँडास्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट अगाडि बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–०२–०१–००१ च ०४४१ नम्बरको निजी स्कार्पियोबाट ७१.०४ ग्राम ब्राउन सुगर लागुऔषध बरामद गरेको हो । बरामद ब्राउन सुगर काठमाडौंको वजार मूल्यअनुसार करिव १३ देखि १५ लाख रुपियाँ वरावर रहेको छ । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास बुझाइएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन