one
विज्ञापन

मार्टको प्रचार–प्रसार अभियान अन्तर्गत भारतका विभिन्न सहरहरूमा अन्तरक्रिया कार्यक्रम

Article Image
Article Image
Article Image
Article Image

पुर्निया ।
कोशी प्रदेशको इटहरीमा चैत १४, १५ र १६ गते आयोजना हुन लागेको स्टर्न ट्राभल्स मार्ट लाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डको सहयोग ,कोशी प्रदेश सरकार र इटहरी उपमहानगर पालिकाको समन्वय मा हुने मार्टको प्रचार–प्रसार अभियान अन्तर्गत भारतका विभिन्न सहरहरूमा अन्तरक्रिया कार्यक्रम तीव्र बनाइएको छ। सोही क्रममा फारबिसगंज, पूर्णिया र दरभंगापछि राजधानी पट्नामा पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
पुर्नियाको श्रीनायक होटलमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी र पत्रकारहरूले नेपाली प्रतिनिधिहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा स्टर्न ट्राभल्स मार्ट का प्रतिनिधिहरूले नेपालमै उत्पादन भएको रुद्राक्षको माला र ढाका टोपी प्रदान गर्दै भारतीय सहभागीहरूलाई इटहरीमा हुने मार्टमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका थिए। नेपाली संस्कृतिको झल्को दिने उक्त सम्मानले कार्यक्रममा थप आकर्षण थपेको थियो।
अन्तरक्रियाका क्रममा सहभागी भारतीय पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूले नेपाल भ्रमणका क्रममा भन्सार प्रक्रिया, बाटोमा हुने ट्राफिक व्यवस्थापन तथा केही स्थानमा प्रहरीबाट हुने असहज व्यवहारबारे गुनासो राखेका थिए। उनीहरूले यी समस्याहरू समाधान भएमा नेपाल–भारतबीचको पर्यटन प्रवाह अझ बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै मार्टका संयोजक पुण्यप्रसाद भट्टराईले नेपाल र भारतबीचको पर्यटन सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताए। उनले भारतिय पर्यटनहरुलाई नेपाल म भएको पर्यटकीय स्थलहरुको अवलोकन गराई पर्यटन पर्बर्दन गर्ने उदेश्य अयोजना गर्न लगेको बताए । त्यस्तै नेपाल पर्यटन बोर्डका मार्केटिङ प्रमुख रोहिणी खनालले नेपाल र भारतको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले भारत विभिन्न स्थान अन्तर्कृया , मार्टमा सभागी हुन निमन्त्रणा गर्न आएको
कार्यक्रममा नेशनल जर्नालिस्ट एसोसिएसन महिला बिहारकी अध्यक्ष पूजा मिश्र, होटल एसोसिएसन पट्नाका अध्यक्ष पंकज नायक, मार्टका सचिव उमेश दाहाल, सदस्य दीपक पोखरेल, खिलकुमार सुवेदी लगायत पत्रकार तथा पर्यटन व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन