one
विज्ञापन

मस्जिद र इदगाहहरूमा विशेष नमाज अदा गरी ईद—उल—फितर मनाए

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरानका मुस्लिम समुदायहरुले उल्लासमय रुपमा, भाइचाराको भावना र धार्मिक आस्थासँग जोडेर महान् पर्व ईद—उल—फितर मनाएका छन् । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान महिनाभरको रोजापछि मनाइने यो पर्वमा मस्जिद र इदगाहहरूमा विशेष नमाज अदा गरी एक—अर्कामा शुभकामना आदानप्रदान गर्दै इद पर्व मनाएको हो । ईदको रौनकले मस्लिम समदायमा उत्साह थपिए पनि धरानमा मुस्लिम समुदायका लागि व्यवस्थित मदरसा नहुदा भने उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

धरानका मुस्लिम धर्मावलम्बीहरुले देश—विदेशमा जस्तै हर्षोल्लासका साथ ईद मनाइरहेका छन् । नमाजपछि सामूहिक भेटघाट, शुभकामना आदानप्रदान कार्यक्रमले समुदायमा उत्साह थपिएको छ । तर यही खुसीको माहोलबीच मदरसाको अवस्था र व्यवस्थापनप्रति चिन्ता पनि उत्तिकै बढ्दो छ ।
धरानमा सञ्चालन भएको मदरसाहरु भौतिक पूर्वाधार, दक्ष जनशक्ति र आधुनिक पाठ्यक्रमको अभावले समस्या भएको सरोेकारवालहरुले बताएका छन् । सरकारी निकायबाट अपेक्षित सहयोग नपाउँदा यी शैक्षिक संस्थाहरु प्रभावकारी बन्न नसकेको इसाइ धर्मका अभियन्ता डा. खालिद हुसैनले बताए ।

इस्लामिक पात्रोको पवित्र महिना रमजानको समापनसँगै मनाइँदै गरेको ईद—उल—फितरको अवसरमा धरानका मुस्लिम समुदायमा उत्साह त छ, तर मदरसाको अभावले युवा पुस्ताको भविष्य भने अन्योलमा रहेको स्वयम् यस समुदायका यवाहरुको भनाई छ ।

उनीहरुका अनुसार मुस्लिम समुदायमा धार्मिक र सांस्कृतिक शिक्षाको जग मदरसा रहेको भएपनि धरानमा व्यवस्थित मदरसाको अभावले बालबालिकाहरु आधारभूत इस्लामिक शिक्षाबाट वञ्चित हन परेको बताएका छन् ।
धरानमा ईद—उल—फित्र को उल्लासले सामाजिक सद्भाव र धार्मिक आस्था झल्काएको छ । तर यही उत्सवले समुदायभित्र लुकेको शैक्षिक चुनौती पनि उजागर गरिदिएको छ । अब सम्बन्धित निकाय र समुदाय मिलेर मदरसाको सुधारतर्फ ठोस पहल नगरे, आगामी पुस्ताको भविष्य अझै अन्योलमा पर्न सक्ने देखिन्छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन