one
विज्ञापन

६१औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसरमा धरान उपमहानगरपालिकाले परम्परागत सीप र पेशामा आबद्ध शिल्पीहरूलाई सम्मान

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । ६१औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसरमा धरान उपमहानगरपालिकाले परम्परागत सीप र पेशामा आबद्ध शिल्पीहरूलाई सम्मान गरेको छ । आइतबार उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा औपचारिकताभन्दा फरक शैलीमा पुस्तौँदेखि समाजमा योगदान पु¥याउँदै आएका शिल्पीहरूलाई कदर गरिएको हो ।

कार्यक्रममा सारङ्गी, खुकुरी, चोया, जुत्ता, नौमती बाजा, सिलाइ तथा दाप निर्माणजस्ता पेशामा संलग्न सात जना शिल्पीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा सारङ्गीवादक सुरेश गन्धर्व, खुकुरी शिल्पी केवल विक, चोया शिल्पी चैता मल्लिक, जुत्ता शिल्पी धनबहादुर नेपाली, नौमती बाजा वादक वीरबहादुर दर्जी, सिलाइ शिल्पी पर्शुराम भित्रिकोटी र दाप शिल्पी नरेन्द्रबहादुर सार्की रहेका छन् ।
उक्त अवसरमा बोल्दै कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले पुख्र्यौली सीप र पेशा नेपाली समाजको पहिचान भएकाले यसको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको र उहाँले सम्मानस्वरूप प्रदान गरिएको रकम सानो भए पनि यसले शिल्पीहरूप्रति राज्यको सम्मान अभिव्यक्त गर्ने बताउनु भयो ।

सम्मानित शिल्पीहरूले भने आफ्नो पेशाको मूल्यांकन भएकोमा खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा सम्मानित प्रत्येक शिल्पीलाई नगद पाँच हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो ।
धरान उपमहानगरपालिकाको यस पहलले परम्परागत सीप संरक्षण तथा सामाजिक समावेशिताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । यस्तो सीप र पेशाको संरक्षणमार्फत मात्र मौलिक पहिचान जोगाउन सकिनेमा जोड दिइएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन