नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् ।
आजै शुक्रबार गृह मन्त्रालयमा पदबहाली पछि कर्मचारीलाई निर्देशन दिँदै उनले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरेका हुन् । उनले भने, कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।”
जनतालाई परिणाम दिनेगरी काम गर्न आफू मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । “सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १, २, ३ वा क, ख, ग कोठा चाहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस्, यसैबाट सुशासन ल्याउन सकिन्छ”, उनले भने ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।