one
विज्ञापन

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सञ्चालनमा ठूलो मात्रामा आर्थिक अनियमितता र भ्रष्टाचार

धरान
धरान स्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेको फार्मेसी सञ्चालनमा ठूलो मात्रामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको खुलेको छ । प्रतिष्ठानले गरेको आन्तरिक छानबिनमा फार्मेसीमा दुई करोड ५२ लाख ६० हजार ९ सय ६८ रुपैयाँ अनियमितता भएको आन्तरिक छानबिनमा खुलेको हो ।
प्रतिष्ठानकै चिकित्सक डा. विष्णु पोख्रेलको संयोजकत्वमा २०८२ असोज ३० मा प्रतिष्ठानले पाँच सदस्यीय ‘फार्मेसी छानबिन समिति’ गठन गरेर प्रतिष्ठानको फार्मेसीमा भएका अनियमितता लगायतको विषयमा छानबिन गरेको थियो ।
डा. पोख्रेलको संयोजकत्वमा प्रतिष्ठानका आर्थिक सल्लाहकार मनोज अधिकारी, अधिवक्ता नवराज दाहाल, धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रतिनिधि उमेश राई र सुनसरी टेक्निकलक लेजका प्रिन्सिपल अमित कुमार गुप्ता सदस्य रहेको सो छानबिन समितिले फागुन ८ मा प्रतिवेदन तयार गरेर प्रतिष्ठानका रजिस्ट्रार र उपकुलपतिलाई प्रतिवेदन बुझाएको थियो ।
फार्मेसीमा भएको अनियमितता र लापरबाहीका कारण प्रतिष्ठानले व्यहोर्नु परेको आर्थिक भारको यकिन मूल्यांकन गरी सो अनियमितता भएको रकम जिम्मेवार व्यक्ति (कर्मचारी तथा पदाधिकारी) र सम्बन्धित आपूर्ति कर्ताबाट कानुनी प्रक्रिया पुर्याएर क्षतिपूर्ति भराएर असुल उपर गर्न छानबिन समितिले सुझाव दिएको छ ।
यता अस्पतालका रजिष्टार सुर्यप्रसाद संग्रौलाले प्रा. डा. बिक्रमप्रसाद श्रेष्ठ उपकुलपति भएर आएपछी प्रतिष्ठानको फारमेसीलाई गहिरोढंगले अध्यन अनुसन्धान गर्ने क्रममा फारमेसीमा अनियमितता देखिएकोले छानबिन समिति गठन गरि प्रक्रिया अघि बडाएको बताउछन् ।
उनले उक्त प्रतिवेदन फारमेसी बिभाग अस्पताल निर्देशकको क्षेत्राधिकार भित्र पर्ने भएकाले निर्देशकको राय सहित स्वास्थ्य मन्त्रालयमा पठाएको र मन्त्रालयले दोसीे ठहर गरेमा कारबाहीको प्रक्रिया अघि बढाउने बताएका छन् ।

फार्मेसिमा देखिएका अनियमितताका ‘गम्भीर त्रुटीहरूले प्रतिष्ठानलाई दीर्घकालीन आर्थिक भार थोपर्दै फार्मेसी सेवालाई नै धराशायी बनाएको’ छानबिन समितिको निष्कर्ष छ ।
प्रतिष्ठानको फार्मेसीमा देखिएका अनियमिततामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने सुझाव दिँदै प्रणालीमा तत्काल आमूल सुधार नगर्ने हो भने प्रतिष्ठानको साख र सार्वजनिक विश्वास पूर्ण रूपमा समाप्त हुने जोखिम देखिएको प्रतिवेदनमा उल्लेख छ ।
‘अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२’को भावना विपरीत, प्रतिष्ठानको फार्मेसी सेवा बिरामीलाई सुलभ सेवा दिने उद्देश्य भन्दा निश्चित समूहको व्यक्तिगत लाभ र संस्थागत दोहनको केन्द्र बनेको देखिएको प्रतिवेदनमा जनाइएको छ ।
मुख्यगरी जनशक्तिव्यवस्थापनमा आउट सोर्सिङको गलत प्रयोग गरिएको निष्कर्ष छ।
आर्थिक हिनामिना हुँदा समेत मौनता साँध्नु र जनशक्ति आपूर्ति कर्ता सँगको सम्झौताको म्याद समाप्तभएको ५ वर्षसम्म पनि नवीकरण नगरी निजसँग नै काम सुचारु राख्नुले नेतृत्वको गम्भीर लापर बाही र मिलेमतोलाई पुष्टि गर्छ”,प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन