one
विज्ञापन

धरान उपमहानगरपालिकाले स्थानीय पशुपालक कृषकहरूलाई प्राथमिकतामा राख्दै विगतदेखि सञ्चालन गर्दै आएको घाँस वितरण

Article Image
Article Image
Article Image
Article Image

धरान । धरान उपमहानगरपालिकाले स्थानीय पशुपालक कृषकहरूलाई प्राथमिकतामा राख्दै विगतदेखि सञ्चालन गर्दै आएको घाँस वितरण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । पशुपंक्षी विकास महाशाखाको आयोजनामा सम्पन्न पछिल्लो कार्यक्रममा ठूलो संख्यामा कृषकहरूलाई उन्नत जातको घाँसको बीउ वितरण गरिएको हो ।

महाशाखाका अनुसार यस वर्ष विशेष गरी “टियोसेन्टी” प्रजातिको बर्खे घाँसको बीउ वितरण गरिएको छ । यसले धरान क्षेत्रका कृषकहरूमा देखिँदै आएको घाँस अभावलाई न्यूनीकरण गर्नुका साथै पशुहरूको उत्पादन क्षमता वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
घासका विउ लिन पुगेका स्थानीय कृषकहरूले उन्नत घाँसको बीउ प्राप्त गरेपछि पशुपालन व्यवसायलाई अझ विस्तार गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

पशुपंक्षी विकास महाशाखाका प्रमुख किशोर त्रिखत्रीले कृषकहरूको माग तथा स्थानीय भौगोलिक अवस्थालाई ध्यानमा राखेर बीउ वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि कृषकहरूको उत्साहजनक सहभागिता देखिएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य कृषकहरूलाई प्रोत्साहन गर्दै उनीहरूको उत्पादनमुखी गतिविधिमा वृद्धि गर्नु रहेको जनाइएको छ । यसै सन्दर्भमा कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले कृषक आत्मनिर्भरता स्थानीय सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्नुभयो । उहाँल कृषकको आत्मनिर्भरता नै यसको प्राथमिकतामा पर्ने भएकोले स्थानीय सरकारले सधैं उत्पादनमुखी कार्यक्रमहरूलाई प्रोत्साहन जानकारी दिनुभयो । उहाँले यसबाट भरपुर लाभ लिन कृषकहरुलाई अनुरोध गर्नुभयो ।

पशुपंक्षी विकास महाशाखाले आगामी दिनहरूमा पनि कृषकहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, अनुदान तथा प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । स्थानीय सरकारको मातहतमा सञ्चालन हुने पशुपंक्षी विकास महाशाखाको मुख्य उद्देश्य पशुपालन क्षेत्रको समग्र विकास गर्नु र कृषकहरूको आय तथा उत्पादन वृद्धि गर्नु रहेको छ । खासगरी पशुपालन प्रवद्र्धन गर्नुः गाई, भैंसी, बाख्रा, कुखुरा लगायतका पशुपंक्षी पालनलाई व्यावसायिक र आधुनिक बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्नु रहेको छ । यसका साथै यसको अर्को उद्देश्यमा उन्नत जात, पोषणयुक्त घाँस, र आधुनिक प्रविधिको प्रयोगमार्फत दूध, मासु, अण्डा उत्पादन बढाउनेदेखि लिए।र कृषकलाई प्रोत्साहन र सहयोग प्रदान गर्नुः बीउ, औषधि, तालिम, अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउने रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन