one
विज्ञापन

लागू औषध सहित ३ जना पक्राउ त्यसैगरि प्रतिबन्धित लागू औषध १६ हजार ८ सय क्याप्सुल सहित १ जना पक्राउ

विराटनगर, २०८२ चैत २० गते ।
झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई
पक्राउ गरिएको छ । झापाको गौरादह नगरपालिका-१ स्थितमा इलाका प्रहरी
कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००२ ह ८६३१ नम्बरको
अटोलाई चेकजाँच गर्दा चालक बिर्तामोड नगरपालिका-२ का भवानी प्रसाईलाई १
ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको इलाका प्रहरी कार्यालय रानी
र लागु औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर
महानगरपालिका-१६ का अजय कुमार राय र ग्रामथान गाउँपालिका-६ का
निरञ्जन माझीलाई २ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा
लिएको छ । त्यसैगरि सुनसरीको कोशी गाउँपालिका-१ लौकही चोक स्थितबाट प्रतिबन्धित लागू औषध
१६ हजार ८ सय क्याप्सुल सहित १ जना पक्राउ परेका छन् । सुनसरीको इलाका
प्रहरी कार्यालय लौकहिबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले कोशी
गाउँपालिका-२ का २५ वर्षिय संजय कुमार यादवलाई चेकजाँचको क्रममा
प्रतिबन्धित लागू औषध १६ हजार ८ सय क्याप्सुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका यादवको सम्बन्धमा इलाका प्रहरी कार्यालय लौकहीबाट थप
अनुसन्धान भई रहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन