one
विज्ञापन

नेपाली सेनाले समय समयमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सेनाको विषयमा जानकारी गराउँदै

Article Image
Article Image
Article Image

धरान । नेपाली सेना नेपालको इतिहास र गौरवमय संस्था हो । यस्ता सस्थाको विषयमा सबैले सानैदेखि जानकारी लिनु आवश्यक भएरै नेपाली सेनाले समय समयमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सेनाको विषयमा जानकारी गराउँदै प्रशिक्षण दिने गरेको छ । यसै क्रममा धरानमा समेत धरान मेघा हिमालय कलेजका कक्षा ११ मा अध्ययन विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ ।

सुनसरीको धरानस्थित धरान मेघा हिमालयन कलेजका विद्यार्थीहरूलाई नेपाली सेनाको काम, कर्तव्य, अधिकार र सेनामा भर्ना हुने प्रक्रियाका विषयमा विशेष प्रशिक्षण दिइएको छ । इटहरीस्थित भगवती दल गणले कलेजका विद्यार्थीहरूलाई लक्षित गरी एक जानकारीमूलक कक्षा सञ्चालन गरेको हो ।
कार्यक्रममा भगवती दल गणका सह–सेनानी रविन्स रिमालले मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा उहाँले नेपाली सेनाको ऐतिहासिक पृष्ठभूमि, स्थापना र विकासक्रमका बारेमा प्रकाश पार्नुभयो । साथै, नेपालको संविधानको भाग २८, धारा २६७ मा व्यवस्था भएबमोजिम नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षाका लागि खेल्नुपर्ने भूमिका र नेपाली सेनाको स्थापनका बारेमा विद्यार्थीहरूलाई जानकारी गराए ।

सह–सेनानी रिमालले सेनाले विकास निर्माण र विपद् व्यवस्थापनमा पु¥याउँदै आएको योगदानका साथै संघीय कानुन बमोजिम सेनालाई तोकिएका अन्य जिम्मेवारीहरूका बारेमा पनि स्पष्ट पार्नुभयो । विशेषगरी युवा विद्यार्थीहरूलाई सेनामा आकर्षित गर्न र सेनामा भर्ना हुनका लागि आवश्यक पर्ने योग्यता, छनौट प्रक्रिया र तयारीका विषयमा उहाँले विस्तृत जानकारी दिईएको थियो ।

कार्यक्रमको उद्देश्यका बारेमा बोल्दै धरान मेघा हिमालयन कलेजका अध्यक्ष राजेश विद्रोहीले विद्यार्थीहरूलाई राष्ट्रिय सुरक्षा र सेनाको भूमिकाबारे सानै उमेरदेखि जानकारी गराउनु आवश्यक रहेको बताए । उनले विद्यार्थीहरू भोलिका कर्णधार भएकोले उनीहरूलाई नेपाली सेना जस्तो गरिमामय संस्थाको काम, कर्तव्य र त्यहाँ प्रवेश गर्ने प्रक्रियाबारे जानकारी दिँदा उनीहरूमा देशभक्तिको भावना जागृत हुनुका साथै भविष्यमा सेनामा सेवा गर्ने अवसरका बारेमा पनि स्पष्टता मिल्ने बताए ।

कलेजले विद्यार्थीहरूको चौतर्फी विकास र वृत्ति विकासका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको र यस प्रशिक्षणले विद्यार्थीहरूलाई सेनाको संरचना बुझ्न र राष्ट्रिय सेवामा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी र ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सहभागी विद्यार्थीहरूले सेनाको काम र भर्ना प्रक्रियाबारे जिज्ञासा राखेका थिए, जसलाई सह–सेनानी रिमालले प्रष्ट पार्नुभएको थियो । यो प्रशिक्षणले नेपाली सेनाको काम कर्तव्य, सेनाले गरेका कामहरुका विषयमा नजिकबाट सिक्ने मौका पाएको सहभागी विद्यार्थीहरुले बताएका थिए ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन