one
विज्ञापन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालस्थित कर्मचारी कल्याण समाजको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालस्थित कर्मचारी कल्याण समाजको नयाँ कार्यसमिति चयनका लागि आज उत्साहजनक र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । अस्पतालको आन्तरिक लोकतन्त्र र कर्मचारीहरूको हकहितका लागि यो निर्वाचनलाई महत्वपूर्ण मानिएको छ ।

निर्वाचन अधिकृत विनोद कुमार यादवका अनुसार, कुल २४ सदस्यीय कार्यसमितिमध्ये ११ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेहरूमा खुल्ला सदस्यतर्फ ६ जना र वरिष्ठ उपाध्यक्ष (महिला) लगायतका पदहरू रहेका छन् । बाँकी १३ वटा महत्वपूर्ण पदहरू, जसमा अध्यक्ष, महासचिव र सचिव लगायतका पदहरू पर्दछन्, त्यसका लागि आज मतदान प्रक्रिया अगाडि बढाइएको हो ।
निर्वाचन अधिकृत यादवले यसपटकको निर्वाचन प्रक्रियालाई विगतका कमीकमजोरी सच्याउँदै थप वैज्ञानिक, मर्यादित र पारदर्शी बनाइएको जानकारी दिनुभया े। उहाँले कसैको पनि गुनासो नआउने गरी प्रविधिको समेत प्रयोग गरेर निर्वाचन सम्पन्न गर्न लागिएको बताउनुभयो ।

निर्वाचनमा सहभागी उम्मेदवारहरूले विशुद्ध कर्मचारीहरूको हक, हित र अधिकारका लागि आफूहरू मैदानमा उत्रिएको बताएका छन् । व्यवस्थापनलाई कर्मचारीका सबै समस्या थाहा नहुने भएको र कर्मचारी र व्यवस्थापन बीचको एउटा पुलको रूपमा काम गर्नेबताएका छन् ।
अघिल्लो कार्यकालमा सदस्य दोहो¥याएकाले समेत तीन वर्र्षे अनुभवलाई दोस्रो कार्यकालका लागि पनि उम्मेदवारी दिएको र कर्मचारीहरूको साथ पाउनेमा आशावादी रहेको बताएका थिए ।

अस्पतालका निर्देशक प्रा.डा.जगत नारायणले कर्मचारी कल्याण समाज अस्पतालको अभिन्न अंग भएको र यसले अस्पतालको सेवा प्रवाह र कर्मचारी व्यवस्थापनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचित हुने नयाँ नेतृत्वले अस्पतालको बृहत्तर हितमा काम गर्ने अपेक्षा राख्नुभयो ।

निर्वाचनको अन्तिम नतिजा आजै साँझसम्ममा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । शान्तिपूर्ण मतदान र सबैको सहभागिताले अस्पतालभित्रको एकता र लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाएको बताइएको छ । कर्मचारीहरुको हक हितका लागि गठन भएको समितिले निर्वाचन पश्चात प्रतिष्ठानमा काम गर्ने कर्मचारीको हरेक समस्यालाई समाधान गर्दै आएकोले यो निर्वाचनलाई प्रतिष्ठानभित्र कार्यरत कर्मचारीहरुले समेत महत्वका साथ हेर्ने गरेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन