one
विज्ञापन

वडानं. १४ विजयपुर धरान, बुढासुब्बा,दन्तकाली,पिण्डेश्वर महादेव मन्दिरमा पूर्वदेखि पश्चिम महाकालीसम्मका भक्तजनहरूको आकर्षणको केन्द्र

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । पूर्वी नेपालको सुन्दर पहाड र तराइको सगम स्थलको रुपमा परिचित धरान पछिल्लो समय धार्मिक पर्यटनको एक महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विशेषगरी विजयपुर क्षेत्र, जहाँ ऐतिहासिक मठमन्दिरहरूको घनत्व र धार्मिक आस्थाको गहिरो सम्बन्ध गाँसिएको छ, अहिले पूर्वदेखि पश्चिम महाकालीसम्मका भक्तजनहरूको आकर्षणको केन्द्र बनेको छ ।

धरान उपमहानगरपालिका वडानं. १४ विजयपुर धरान केवल एक स्थान मात्र होइन, यो क्षेत्रमा आउने गरेका धार्मिक पर्यटकहरुलाई धार्मिक अनुभूति र आध्यात्मिक शान्तिको संगम भन्ने भान हुन्छ । यहाँ अवस्थित मन्दिरहरूमा दैनिक हजारौं भक्तजन पुग्ने गरेका छन ्। धार्मिक यात्रुहरूका लागि विजयपुर एक एकै ठाउँमा बहुआयामिक दर्शन गर्ने स्थलको रूपमा परिचित बन्दै गएको छ ।
यस क्षेत्रको केन्द्रबिन्दुका रूपमा रहेको बुढासुब्बा मन्दिर नेपालमै अद्वितीय मानिन्छ । टुप्पो नभएको बाँसका कारण प्रसिद्ध यो मन्दिरसँग जोडिएका धार्मिक कथाहरूले भक्तजनलाई अझ आकर्षित गर्ने गरेको छ । विशेषगरी मनोकामना पूरा हुने विश्वासका कारण यहाँ दिनहुँ घुइँचो लाग्ने गर्दछ ।
काठमाडौँबाट आउनु भएकी एकी कविता गुरागाईंले विजयपुरका मठमन्दिरको दर्शन गर्दा मनमा अद्भुत शान्ति मिलेको बताउनुभयो । उहााले नेपालमै एक मात्र विजयपुरमा रहेको बुढासुब्बाको दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँमात्र हैन काठमाण्डौबाटै आउनु भएकी सुम्मिना सुवेदीको अनुभव पनि उस्तै छ । धरानको धार्मिक महत्व बुझेर यहाँ आएका बताउने उहााले यहाँको वातावरण र मन्दिरको महिमा साँच्चै लोभलाग्दो रहेको बताउनुभयो ।

पश्चिमको नलपरासीबाट आएका श्रीमाया खनालले विजयपुरमा रहेका अन्य मन्दिरसँगै विशेषगरी बुढासुब्बा दर्शनकै लागि आएको बताउनुभयो । उहाँसँगै आउनुभएका नवलपरासीकै होमनाथ खनालले पटक–पटक आउँदा पनि यहाँको आकर्षण कम नभएको बताउनुभयो ।

विजयपुर क्षेत्रमा रहेका प्रमुख मन्दिरहरूले धार्मिक यात्रालाई अझ अर्थपूर्ण बनाएको छन् । खासगरी यहाँआउनेहरुले बुढासुब्बा मन्दिरमा भएको टुप्पो नभएको बाँस र मनोकामना पूर्तिको विश्वास, दन्तकाली मन्दिरमा सतीदेवीको दाँत पतन भएको धार्मिक स्थल, पिण्डेश्वर महादेव मन्दिरमा अमृतको थोपा खसेको पवित्र कुण्डसँग जोडिएको आस्थ र पञ्चकन्या मन्दिरमा ऐतिहासिक र धार्मिक महत््व बोकेको स्थलको रुपमा लिने गरेकै कारण विजयपुरमा पूर्वदेखि पश्चिमसम्मका धार्मिक पर्यटकको आगमनमा वृद्धि भएको हो ।
प्राकृतिक सुन्दरतासँगै धार्मिक महत््वले भरिएको विजयपुर आज नेपालको धार्मिक पर्यटन गन्तव्य स्थल बनेको छ । यहाँको आस्था, परम्परा र सांस्कृतिक सम्पदाले भक्तजनहरुको मन तानेको घुम्न आउनेहरुको भनाईबाट नै स्पष्ट हुन्छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन