one
विज्ञापन

शैक्षिक गुणस्तर सुनिस्चित्ता निर्धारण तथा प्रत्यायन प्रक्रियालाई मजबुत बनाउने दिशामा पिआरटी टोलीको यो भ्रमण पूर्वाञ्चल क्याम्पस, धरानमा

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । पूर्वाञ्चल क्याम्पस, धरानमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरको प्रत्यायन प्रमाण पत्र प्रदान प्रक्रियालाई सशक्त बनाउने उद्देश्यसहित विश्वविद्यालय अनुदान आयोग नेपालको पिआरटी ( Peer Review Team ) टोलीले विस्तृत अध्ययन, अवलोकन तथा स्थलगत निरीक्षण सम्पन्न गरेको छ । टोलीले क्याम्पसको शैक्षिक, प्राविधिक तथा प्रशासनिक अवस्थाको सूक्ष्म मूल्यांकन गर्दै सुधारका लागि महत्वपूर्ण अल्पकालीन र दीर्घकालीन सुझावहरू प्रस्तुत गरेको छ ।

वरिष्ठ इन्जिनियरिङ प्राध्यापक डा. त्रि रत्न बज्राचार्यको संयोजकत्वमा आएको चार जनाको टोलीमा काठमाडौं विश्वविद्यालयका सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक डा. प्रचण्डमान प्रधान प्रा. डा. ज्योती उपाध्य लगायत युजीसीका डेपुटी डाइरेक्टर भगवती पौडेलको सहभागीता रहेको थियो । टोलीले क्याम्पसको भौतिक पूर्वाधार, पठनपाठन प्रणाली, अनुसन्धान गतिविधि, विद्यार्थी सहभागिता तथा प्रशासनिक व्यवस्थापनको विस्तृत अध्ययन गरेको जानाइएको छ ।

टोलीले विशेषगरी क्याम्पसले विकास गरेको “लर्निङ म्यानेजमेन्ट सिस्टमलाई तत्काल सबै विभागमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । आधुनिक डिजिटल शिक्षण प्रणालीको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धि अनुगमन, अनलाइन अध्ययन सामग्री व्यवस्थापन तथा मूल्यांकन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।
यस्तै, इन्जिनियरिङ शिक्षालाई समयसापेक्ष र रोजगारमुखी बनाउन वर्तमान पाठ्यक्रममा व्यापक सुधार आवश्यक रहेको टोलीको निष्कर्ष छ । उद्योग क्षेत्र, रोजगारदाता तथा पूर्वविद्यार्थीसँग सहकार्य गरी बजारको मागअनुसार पाठ्यक्रम परिमार्जन गर्न सुझाव दिइएको छ । यसले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक दक्षता हासिल गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिवेदनमा विद्यार्थीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि नियमित “गेस्ट लेक्चर” सञ्चालन गर्न तथा उद्योग र प्रविधिसँग प्रत्यक्ष सम्बन्धित गैर–क्रेडिट तालिमहरू विस्तार गर्न पनि सिफारिस गरिएको छ । विशेषगरी भौगोलिक सूचना प्रणालीजस्ता आधुनिक प्रविधिमा आधारित तालिम सञ्चालन गर्नुपर्ने सुझावले क्याम्पसलाई प्राविधिक शिक्षाको नयाँ उचाइतर्फ उन्मुख गराउने विश्वास गरिएको छ ।
टोलीले अनुसन्धानमूलक शिक्षण, प्रयोगात्मक अभ्यास र उद्योग–शैक्षिक सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ । यसले विद्यार्थीलाई अध्ययनपछि रोजगारी र व्यावसायिक प्रतिस्पर्धामा सक्षम बनाउने अपेक्षा गरिएको छ ।
क्याम्पस प्रमुख काजीराम कार्कीले पिआरटी टोलीले दिएको सुझावलाई क्याम्पस विकासको मार्गदर्शक दस्तावेजका रूपमा ग्रहण गर्दै पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार लर्निङ म्यानेजमेन्ट सिस्टम कार्यान्वयनका लागि प्राध्यापकहरूलाई अभिमुखीकरण तालिम सुरु भइसकेको छ भने समयअनुकूल, दक्ष र प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्न क्याम्पस दृढतापूर्वक अघि बढिरहेको छ ।

शैक्षिक गुणस्तर सुनिस्चित्ता निर्धारण तथा प्रत्यायन प्रक्रियालाई मजबुत बनाउने दिशामा पिआरटी टोलीको यो भ्रमणलाई पूर्वाञ्चल क्याम्पसको संस्थागत विकास र प्राविधिक शिक्षाको गुणस्तरीय रूपान्तरणतर्फको महत््वपूर्ण कदमका रूपमा हेरिएको छ । यसमा क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरु समेत आशावादी बनेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन