धरान । धनकुटाको चौविसे गाउँपालिका–८ चौकी भन्ज्याङमा रहेको सिंहदेवी माध्यमिक विद्यालय ग्रामीण भेगको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको पुरानो शैक्षिक संस्था हो । २०१६ सालमा स्थापना भएको उक्त विद्यालयले लामो समयदेखि स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यो विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यहाँका प्रद्यनाध्यापक, शिक्षक शिक्षिकाहरु अन्य नमूना विद्यालयको अवलोकन भ्रमण समेत आउने गरेका छन् ।
स्थापनाकालमा सीमित स्रोतसाधन र न्यून शैक्षिक अवस्थाबाट यात्रा सुरु गरेको विद्यालय अहिले यस क्षेत्रकै गुणस्तरीय शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालयका रूपमा परिचित बनेको स्थानीयवासी बताउँछन् । पहाडी तथा ग्रामीण भेगका बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा ल्याउन विद्यालयले उल्लेखनीय भूमिका खेलेको छ । पछिल्लो समय सुनसरीको धरानमा रहेको नमूना विद्यालय पब्लिक हाइस्कुलको शैक्षिक गुणस्तरबारे बुझ्न सिंहदेवी माविका प्रद्यानाध्यापकसहित शिक्षक शिक्षिको टोली आएर स्थलगत रुपमा जानकारी लिएको थियो । सिंहदेवी माविमा हाल आधारभूत तहदेखि माध्यमिक तथा कक्षा ११–१२ सम्मको अध्ययन सञ्चालन हुँदै आएको छ । शिक्षा संकायअन्तर्गत उच्च माध्यमिक तहको अध्ययनसमेत सञ्चालन भइरहेका कारण वरपरका गाउँका विद्यार्थीहरू लाभान्वित हुँदै आएका छन् । धरानको पब्लिक हाइस्कुल कोशी प्रदेशमै राम्रो र अब्बल विद्यालय भएकोले सरकारले समेत नमूना विद्यालय घोषणा गरेपछि आफूहरुको विद्यालयको शैक्षिक गुणस्तर के कसरी सुधार्न सकिन्छ, पब्लिकको व्यवस्थापनपक्ष, सिकाईपक्षलगायतका कुराको जानकारी लिने र यहाँबाट सिक्ने अभिप्रायले आएको सिंहदेवी माविकी शिक्षिका दिलकुमारी मगरले जानकारी दिनुभयो ।
सिंहदेवी मावि चौविसे धनकुटाका प्रद्यानाध्यापक मनप्रसाद लिम्बुले पब्लिक मावि शैक्षिक गुणस्तरमा नीजि विद्यालयभन्दा कम नभएको कोशी प्रदेशकै नमूना विद्यालय भएकोले आफूहरुको विद्यालयको पनि शैक्षिक गुणस्तर के कसरी अगाडि बढाउन सकिन्छ भन्ने अभिप्रयाले पब्लिकमा आएर बुझ्ने र सिक्ने काम गरिएको बताउनुभयो ।
हुन त ग्रामीण भेगमा सञ्चालन भएको भएपनि सिंहदेवी माविमा पुस्तकालय, कम्प्युटर, विज्ञान प्रयोगशाला, खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखिएको छ ।
सो अवसरमा सिहदेवी माविका टिमलाई पब्लिक उच्च माविका प्रद्यानाध्यापक डा. इन्द्रमोहन झाले आफ्नो विद्यालयका विषयमा स विस्तार जानकारी दिनुभएको थियो । उहाँले यस्ता अवलोकन भ्रमणले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सक्ने भएकोले सिंहदेवी माविका टिमले पब्लिकमा आएर गरेको अवलोकन भ्रमणले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन मद्धत पुग्ने बताउनुभयो ।
धरान–१२ चतरालाइनमा रहेको पब्लिक उच्च मावि पूर्वी नेपालको चर्चित तथा पुरानो शैक्षिक संस्थामध्ये एक मानिन्छ । यो विद्यालय २००३ सालतिर स्थापना भएको हो । विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गराउँदै आएको छ । यहाँ विज्ञान, व्यवस्थापन, शिक्षा लगायतका विषयमा +२ तह सञ्चालन हुँदै आएको छ भने प्राविधिक शिक्षाअन्तर्गत कम्प्युटर इन्जिनियरिङसमेत पढाइ हुने गरेको उल्लेख छ । यस्ता भ्रमणले विद्यालय विद्यालयबीचको सम्बन्ध सुदृढसँगै शैक्षिक गुणस्तरमा समेत वृद्धि हुनेमा दुई मत छैन ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।