one
विज्ञापन

प्रतिबन्धित लागू औषधसहित १० जना पक्राउ

विराटनगर,
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २९३ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर,प्रतिबन्धित औषधी १ हजार ५ सय २ ट्याब्लेट, क्यापसुल २१ वटा, सिरप २१ वोतल, नगद ६ लाख ७२ हजार ४३५ रुपैयाँ र २ थान मोटरसाइकल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका भारत पश्चिम बंगाल दक्षिण दिनाजपुरका ३२ वर्षीय चञ्चल सिकदारलाई २८९ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन सहित र कारोबारमा संलग्न जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावललाई प्रदेश ०२ - ०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ मा डेरा गरी बस्दै आएका भारतका ३३ वर्षीय दिनेश कुमार चौधरीलाई २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी–१ बाट ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ का ३२ वर्षीय मनोज काफ्ले र इटहरी–१ का २५ वर्षीय छत्रमान लिम्बुलाई १ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल १० क्याप्सुल, डाईसाइक्लोमाइन ११ ट्याब्लेट, नगद २ लाख १ हजार ४३५ रुपैयाँ, को १० प ४११७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र अस्थायी प्रहरी चौकी जोरसखुवा सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान–१८ बाट दिलिप चौधरीलाई बिभिन्न प्रतिबन्धित औषधी ३३० ट्याब्लेट र वटा २१ बोतल सहित पक्राउ गरेको छ ।
त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान–२० बाट धरान–१३ का सुजन थापा र मोरङ सुन्दरहरैँचा–५ का सुजित थापालाई बिभिन्न प्रतिबन्धित औषधी २३२ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६ त्रियुगा नगरपालिका–५ का दीपक राज पोखरेल र पुरन मगरलाई ओपिडोल ४९० चक्की र स्पास्पेन ४९० चक्की सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले २८९ ग्राम ७२० मिलिग्राम लागू औषध ब्राउन सुगर र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । असार १४ गते चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका भारत पश्चिम बंगाल दक्षिण दिनाजपुरका ३२ वर्षीय चञ्चल सिकदारको साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो भने कारोबारमा संलग्न जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावललाई प्रदेश ०२ - ०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित कोशी गाउँपालिका-८ भान्टावारी स्थितबाट पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन