विराटनगर,
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त
समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी
कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श÷जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी
प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी
टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको
साथबाट ७ सय ९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलिग्राम ब्राउन सुगर, १ थान
मिनि ट्रक र १ थान मोटरसाइकल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले
साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को १ ख ४६३५ नम्बरको मिनि ट्रकलाई
संकालागी चेकजाँच गर्दा ट्रकको डाला भित्र अलुको बोराहरुले लुकाइ छिपाइ २५
वटा प्लास्टिकको पोकामा ल्याउदै गरेको ७ सय ७५ किलोग्राम लागू औषध गाँजा
सहित चालक सुनसरीको इटहरी उप–महानगरपालिका–१ का ३३ वर्षिय परिक्षण
कुवँरलाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय राजारानीले साँगुरीगढी
गाउँपालिका–५ का २४ वर्षिय बिशेष राईलाई २० किलोग्राम गाँजा र बा ६४ प
१४३५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ ।
त्यसैगरी मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा
नगरपालिका– ६ का बिकुल राई र ज्ञानेन्द्र बिकलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन
सुगर सहित, इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका– ६ का
प्रदिप मण्डललाई २ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।