one
विज्ञापन

समयमै पानी नपरेपछि धरानका किसानले धान रोप्न पाएका छैनन

Article Image
Article Image
Article Image
Article Image

समयमै पानी नपरेपछि धरानका किसानले धान रोप्न पाएका छैनन । धान रोप्न नपाउँदा रोप्नका लागि राखेको विउ समेत सुक्न थालेको छ । पानी नपरेर लामो खडेरीका कारण मुख्य खाद्यबाली धान रोप्न नपाउँदा किसान चिन्तित छन् । हल्का फाट्ट फुट्ट बर्षा बाहेक अधिकांश भागमा पानी नपर्दा गर्मी ह्वात्तै बढेको छ ।

यो समस्या धरानका कृषकको मात्र होइन, पूर्वी तराईमै खडेरी भइरहेको किसानहरूले बताएका छन् । अषाढको अन्तिमसम्म धान रोपिसक्ने भएपनि बर्षाद् नभएकोले शुरुवात नै गर्न नपाइएको धरान ६ का कृषक बृद्धिमान तामाङको भनाई छ ।

धरान ६ पानबारी कृषि पकेट क्षेत्रको रुपमा धरान उपमहनगरपालिकाले लिएको छ । यहाँ उत्पादन भएको बाली तथा सागसब्जी धरान तथा धरान आसपास सम्म जाने गरेको छ । कहीँ बाढीले पुल पुलेसा बगाइरहेको अवस्थामा पूर्वमा भने पानी नपर्दा कृषकहरुले समयमै धान रोप्न नपाएको मात्र हैन कृषककका लागि सरकारले मल विउ समयमै उपलब्ध नगराउदा समस्या हुने गरेको धरान ६ का अर्का कृषक दानबहादुर कुरुम्बाङ्ग बताउनुहुन्छ ।

कृषकले धान खेती रोप्न मात्र नपाएका होइन, खेतबारीमा लगाएको खुर्सानी, गोलभेंडा, प्याज, फर्सी, काक्रो, सिमीबोडी लगायतका बाली घामबाट जोगाउन मुस्किल हुने गरेको छ ।
तामाङ र कुरुम्बाङ्ग मात्र हैन धरानको कृषि पकेट क्षेत्र भित्र रहेको ४, ५ र ६ का कृषहरुले समयमै बर्षाद नहुदा समस्या भोगेका छन् । मानो रोपेर मुरी उमार्ने मुख्य सिजनमै पानी नपरेपछि खडेरीले धान उत्पादनमा समेत कमी हुने कृषकहरु बताउँछन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन