one
विज्ञापन

धरानको पिण्डेश्वर धाममा लाग्ने बोलबम मेलाको विषयमा बोलबमको पूर्व सन्ध्यामा व्यवस्थित बनाउन सरोकारवालाहरु बीच छलफल

Article Image
Article Image
Article Image

धरान । साउन महिनाामा धरानको पिण्डेश्वर धाममा लाग्ने बोलबम मेलाको विषयमा बोलबमको पूर्व सन्ध्यामा व्यवस्थित बनाउन सरोकारवालाहरु बीच छलफल भएको छ । मेलाका समयमा हुने भक्तजनहरुको असुविधालाई ध्यानमा राखेर यस बर्ष व्यवस्थित, सुरक्षित ढंगबाट जल चढाउन सहज होस् भन्ने अभिप्रयाले सरोकारावाला बीच छलफल शुरु भएको हो ।

धार्मिक महत्व बोकेको बोलबम यस बर्ष पनि साउन महिनामा लाग्दैछ । प्रत्येक बर्ष साउन महिनाको आइतबार सुनसरीको चतरामा रहेको सप्तकोशीबाट भक्तजनहरुले खाली खुट्टा जल ल्याई सोमबार धरान १४ मा रहेको पिण्डेश्वर मन्दिरमा जल चढाउने परम्परा छ । त्यसबेला ट्राफिक व्यवस्थापनामा हुने कठिनाई, फोहोर मैलाको उचित व्यवस्थापन, भक्तजनहरुलाई जल चढाउन सहज होस् भन्ने अभिप्रायले लाइनको व्यवस्थापन लगायतका विषयमा छलफल भएको हो ।
साउनको आइतबार र सोमबार मात्र पिण्डेश्वर मन्दिरमा भक्तजनहरुको भीड बढ्ने भएपनि यसको महत्व चुलिदै गएपछि पछिल्लो समय साउन महिनाभरि नै जल चढाउने भध्mजनहरुको भीड लाग्ने गरेको छ ।
धरान १४ स्थित पिण्डेश्वर बाबाधाम समितिको कार्यालय्मा आयोजित छलफलमा सरोकारवाला पक्षहरुले बोलबम मेलालाई सफल बनाउन आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्रसिंह थापा पैदलबाटोको सही प्र्रयोगका लागि ठाउँ ठाउँमा होर्डिङ बोर्ड राख्ने, बढी भन्दा बढी स्वयम्सेवक परिचालन गर्ने कामलाई अगाडि बढाउदै व्यवस्थित पार्किङलाई बढी प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

इलाका प्रशासन कार्यालयका धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीले बोलबम मेलाले धरानको विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रमा चिनाउन मद्धत गर्ने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले मेलामा आउने भक्तजनहरुले भोग्नुपर्नै समस्यका विषयमा सरोकारावाला पक्षसग कुरा राख्नुभयो । उहाँले बोलबम मेलामात्र नभएर धरानमा धार्मिक पर्यटक भित्र्याउनै अवसर भएकोले सबैले अपनत्व लिएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै अशक्त र बृद्धबृद्धाका लागि सहज ढंगले जल चढाउने व्यवस्था मिलाउन समितिले पहल गरिरहेको बताउनुभयो ।

धरान उपमहानगरपालिका १४ नं. वडा समितिको आयोजनामा भएको छलफलमा धरान उपमहानरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले व्यवस्थित बनाउन धरान उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले फोहोर व्यवस्थापनको कुरालाई वातावरण शाखासँग छलफल राखेर तुरुन्त यस कुरामा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रत्येक बर्ष भक्तजनहरुको भीड बढ्दै गएको तथ्यांक भएको समितिले जनाएको छ । यस बर्ष ४ देखि ५ लाखसम्म भक्तजनहरु ऋाउने अपेक्षा समितिले गरेको छ । छलफलमा मन्दिरका पूजारी गोकुलप्रसाद पोख्रे्रल, सशस्त्र प्रहरीका डिएसपी, इलाका प्रहरी कार्यालय धरानका प्रतिनिधि लगायत विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुहरुले बलबमलाई सफलतापूर्व सम्पन्न गर्न आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन