one
विज्ञापन

धरानस्थित मितेरी विकास बैंक लिमिटेडले बाढीपीडितको राहतका लागि नेपाल सरकारको विपद् राहत कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ सहयोग, प्रिति भल्भले पनि बाढीपीडितको राहतका लागि ३ लाख रुपैयाँ सहयोग......

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान ।
भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण नुवाकोट, रसुवा, धादिङ, चितवन, गोरखा, तनहुँ, पूर्वी नवलपरासी लगायतका जिल्लामा ठूलो धनजनको क्षति भएपछि पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।

यसै क्रममा धरानस्थित मितेरी विकास बैंक लिमिटेडले बाढीपीडितको राहतका लागि नेपाल सरकारको विपद् राहत कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष किशन मास्केले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुगेर प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
सहयोग हस्तान्तरणपछि बोल्दै अध्यक्ष मास्केले विपद्को घडीमा पीडितप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । उहाँले मितेरी विकास बैंक कोशी प्रदेशस्तरीय वित्तीय संस्था भएकाले प्राकृतिक विपद्का बेला मात्र होइन, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय कार्यमा समेत निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्नुभयो ।

त्यसै अवसरमा धरान–८ स्थित औद्योगिक क्षेत्रमा सञ्चालित प्रिति भल्भले पनि बाढीपीडितको राहतका लागि ३ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका सञ्चालक तथा मितेरी विकास बैंकका सञ्चालक समितिका सदस्य समेत रहनु भएका अनवेश अग्रवालले विपत्मा परेका नागरिकको पीडामा थोरै भए पनि मल्हम लगाउने उद्देश्यले सहयोग गरिएको बताउनुभया े। उहाँले आफूले प्रदान गरेको रकम पीडितसम्म प्रभावकारी रूपमा पुगेर राहतमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले विपद्को समयमा प्राप्त हुने सानोभन्दा सानो सहयोग पनि पीडितका लागि ठूलो सहारा बन्ने बताउँदै सहयोगी संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्र, वित्तीय संस्था तथा उद्योग–व्यवसायीहरूले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी निकायसँगै निजी क्षेत्र, बैंक तथा विभिन्न संघ–संस्थाबाट सहयोग जुट्ने क्रम अझै जारी रहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन