धरान । धरान १९मा स्थापना भएको अपांग तथा असहाय केन्द्र धरानले अपांग तथा असहायको सहयोगका लागि पुलको काम गरेको छ । स्थापना भएदेखि नै अपांग तथा असहायका लागि खाद्यान्न, लत्ता कपडा, स्वास्थ्य उपचार गर्न नसकेकाहरुलाई उपचारसँगै विमामा सहयोग गर्ने मात्र हैन आर्थिक अभाव भएका विपन्न परिवार तथा अपांग तथा असहाय परिवारका बालबालिकालाई छात्रवृत्तिको व्यवस्था, शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रमलाई निरन्तता दिदै आएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १९ मा स्थापना भएको अपांग तथा असहाय केन्द्रले व्यापारी तथा व्यवसायी, सामाजिक व्यक्तित्वहरुसँग समन्वय गरेर सहयोग उपलब्ध गराउदै आएको हो ।
पछिल्लो समय धरान १५ स्थित रहेको केके इन्टरनेशनल स्कुलका निर्देशक प्रवीण अग्रवालको पहलमा विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्राहरुलाई नगद सहयोग गरेको छ ।
सो अवसरमा विभिन्न स्थानका निम्न आय स्तर भएका बराहक्षेत्र, इटहरीमा अध्ययनरत सात जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, नगद सहयोग गरेको हो ।
केन्दै्रका अनुसार बराहक्षेत्रका २ जना, इटहरीका २ जना र कक्षा १२ मा अध्ययन गर्ने ७ जना विद्यार्थीहरुलाई ७ हजार ४ सय र डा. क्लिरियन्स पिटरको सम्झनामा ५० हजार सहयोग गरिएको हो ।
दाताहरुबाट सहयोग आएको पैसा लक्षित विद्यार्थीहरुलाई सहयोग गरिएको अपांग तथा सहाय केन्द्र धरानका निर्देशक सुनिल खड्काले बताउनुभयो ।
सो अवसरम बोल्दै कोशी प्रदेशका सांसद रमेश बस्नेतले संसारमा कोही पनि पूर्ण नहुने बताउदै कसैले आफ्नो जीवनमा खिन्नता प्रकट नगरी हौसलापूर्ण जीवन विताउनु पर्नेमा सुझाव दिनुभयो । उहाँले अपांग तथा असहाय केन्द्रले लक्षित वर्गका लागि पुलको काम गरेको प्रति धन्यवाद दिनुभयो ।
केके इन्टरनेशल विद्यालयका प्रिन्सिपल हरिशचन्द्र बुढाथोकीले फरक क्षमता भएका बालबालिका तथा व्यक्तित्वहरुले समाजमा धेरै उदाहरणीय काम गरेको प्रसंग कोट्याउदै भविष्यमा लक्ष्य लिएर गरेको काममा कसैले असफल हुनु नपर्ने भन्दै अपांग तथा असहाय विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुभयो ।
यो केन्द्रले विगतदेखि नै यस्ता लक्षित वर्गलाई सहयोग गर्दै आएको छ । स्वास्थ्यको पहुच नपुगेकालाई स्वास्थ्यको पहुच पु¥याइदिने, शिक्षाको पहुच नपुगेकाहरुलाई शिक्षाको पहुच पु¥याइदिने देखि लिएर दैनिक अत्याश्यक पर्ने खाद्यान्न तथा लत्ता कपडा समेत निरन्तर वितरण गर्दै आएको छ । केन्द्रले गरेको काम अतुलनीय भएको भन्दै धरानमा सर्वत्र प्रंशंसा समेत हुने गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।