one
विज्ञापन

सुनसरी र उययपुरको संगम स्थल सप्तकोसी नदीमा पुल निर्माण भए पछि यहाँ आन्तरिक तथा पर्यटकहरु बढे

Article Image
Article Image

धरान । उदयपुर रामपुर र सुनसरीको बराहक्षेत्र नगरपालिकालाई जोड्ने कोशी नदीमा बनेको पुलले गन्तव्य सम्म हिडेका सर्वसाधारणलाई सहज मात्र बनेको छैन अहिले यो आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षकको केन्द्र विन्दु बनेको छ । बराहक्षेत्र धाम लगायत बराहक्षेत्रमा रहेका विभिन्न धार्मिक मठ मन्दिरको दर्शनपछि यो पुलमा आएर कोशी नदीको वहावको दृश्यसँगै पुलमा चिसो हावामा रमाउनेको संख्यामा बृद्धि भएको हो ।

सुनसरी र उययपुरको संगम स्थल सप्तकोसी नदीमा पुल निर्माण भए पछि यहाँ आन्तरिक तथा पर्यटकहरु बढेका छन् । धार्मिक क्षेत्र बराहक्षेत्रमा देवीदेवताको दर्शनपछि पुलमा मनोरञ्जन गर्न, टिकटक बनाउने उद्देश्य नै बोकेर यहाँ आएका हुन्छन् । यस स्थानमा धरान, विराटनगर, इटहरी, झापा, मोरङका मात्र हैन भारतको पश्चिम बंगाल र बिहारका सर्वसाधारण समेत आउने गरेका छन् । यो पुल निर्माण पश्चात कोशी पुल वारि बराहक्षेत्र नगरपालिका र उदयपुर नगरपालिका ७ मा रहेको रामपुरमा सैयौ होटलहरु समेत सञ्चालनमा छन् ।
उदयपुर चौदण्डीगढीकी करिश्मा सुवेदी हप्तामा एक वा दुई पटक उदयपुर र चतरा जोढ्ने सप्तकोशी पुलमा ‘रिफ्रेसमेन्ट’ का लागि आइरहनु हुन्छ । परिवारका साथ आउने उहाँले घरको काम गर्दा गर्दा ‘बोर’ हुने भएपछि कोशी पुलसँगै आसपासका मनोरम दृश्य नियाल्नकै लागि भएपनि यहाँ आउने गरेको बताउनुहुन्छ ।

यहाँ आएर धेरैले टिकटक बनाएर पोष्ट समेत गर्ने गर्दछन् । जसले गर्दा यस ठाउँको महिमाको विषयमा नेपालमा मात्र हैन भारतमा सर्मेत चर्चाको विषय बन्ने गरेको छ । भारतको जोगबनीबाट पहिलो पटक चतरा आउनु भएका नौसाद पर्वेजले फोटो सुट, घुम्नका लागि अत्यन्तै आकर्षक स्थान भएको आफूले पाएको बताउनुभयो । उहाँले यहाँ एक पटक आउनै पर्ने ठाउँ भएकोले आएर मनोरञ्जन लिन साथीभाईहरुलाई आग्रह समेत गर्नुभयो ।

उदयपुरका करिश्मा र जोगबनीका पर्वेजजस्तै उदयपुरकै मनीषा भण्डारी, मन्दिरा भट्टराइं र सम्झना कार्कीका भनाई पनि उस्तै छ । बराहक्षेत्र धाम दर्शन गरेर फर्किएपछि यहाँ टिकटक बनाउने, घुम्ने र रमाइलो गर्ने प्राय ः भइरहने उहाँहरुको समेत भनाई छ ।

उदयपुर र चतराका स्थानीयहरुका अनुसार अहिले यो पुलमा दैनिक १ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । पर्यटकको आगमन बाक्लिदै गएका कारण यहाँका होटलहरुमा समेत चहल पहल बढेको छ । यो पुल निर्माणले उदयपुर, सुनसरी र भोजपुरका सर्वसाधारणलाई सहज त बनाएको छ नै पर्यटकीय गन्तव्यको रुपमा विकास समेत हुदै गएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन