धरान । धरान ४ मा रहेको शिवजट्टाको महत्वलाई पनि साउन महिनामा जोडेर लानुपर्ने धारणा राख्दै प्राचीन हरिद्वारा बराक्षेत्रको कोशी नदीसँगै शिवजट्टाको जल समेत चढाउने परम्परा बसाउन धरानको स्थानीय सरकार नै अगाडि सरेको छ ।
धरान ४ शिवजट्टामा शिवको जट्टाधारी झरनासँगै नजिकै शिवालय छ । यहाँ शिवरात्रीका दिन भारतका जोगीहरु आएर धुनी बालेर बस्ने गर्छन । काठमाडौंको पशुपति क्षेत्र जस्तै शिवजट्टामा शिवालयको महत्व रहेको स्थानीयको दाबी छ । धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार हिन्दुका आराध्यदेव शिवले सतीदेवीको शव बोकेर भौतारिदै हिड्दै गएको अवस्थामा विस्तारै सतीदेवीको शरीरको सबै अंग पतन भइसकेपछि शिवजीको चेत खुल्दा आफ्नो शरीर ज्यादै फोहोर पाए पछि उनले यही शिवजट्टाको झरनामा नुहाएको किवंदन्ती छ । नुहाउने क्रममा शिवको जट्टा त्यस ठाउँमा झरेकाले नै यसलाई शिवजट्टा भनिन थालिएको पूजारीको भनाई छ ।
कोशी प्रदेशले धार्मिक स्थललाई सर्केटको रुपमा विकास गर्ने अवधारणा ल्याएको अवस्थामा शिवजट्टा र पिण्डेश्वरको सम्बन्धको विषयमा धार्मिक ग्रन्थमा समेत उल्लेख भएकोले त्यहाँको झरनाको जल पिण्डेश्वर मन्दिरमा ल्याएर यस बर्षदेखि चढाउन थालिएको हो ।
यस्तो महत्व बोकेको धार्मिक पर्यटकीय स्थल शिवजट्टा ओझेलमा पर्दै गएकोले पिण्डेश्वर मन्दिर जत्तिकै धार्मिक महत्व बोकेको शिवजट्टालाई स्थानीय सरकारले धार्मिक सर्किटसँग जोडेर लानुपर्नेमा धरान उप महानगरपालिकाका प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले जोड दिनुभयो ।
शिवजट्टाबाट जल ल्याएर चढाउने अभियान धरान उपमहानगरपालिका वडा नं. १३ ले गरेको हो । शिवजट्टा समाजको अनुरोधमा धरान १३ ले सप्तकोशीसँगै शिवजट्टाको झरनाको जल पनि शिवलिङ्गमा चढाउदा पुण्य प्राप्ति हुने कुरा धार्मिक ग्रन्थमा समेत उल्लेख भए अनुसार अभियानलाई अगाडि सारिएको धरान उमपहानगरपालिका १३ नं. वडा कार्यालयका वडाध्यक्ष नेत्रप्रसाद काफ्लले बताउनुभयो ।
यस अभियानमा धरानका धर्मप्रेमी, बुद्धिजीविहरुले समेत साथ दिएका छन् । धरानका व्यवसायी एवम् समाजसेवी मोहन श्रेष्ठले ५०÷६० जनाको समूहले शिवजट्टामा पुगेर जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाइएको बताएका छन् ।
वास्तवमै कोशी प्रदेश तथा धरान उपमहानगरपालिकाले धरान लगायत आसपासका क्षेत्रका देवालयलाई जो्डेर धार्मिक प्रवद्र्धन गर्ने योजना अगाडि सारेको छ । सरकारले मात्र यस्ता अभियानलाई पूर्णता दिन सक्दैन । यसमा जनस्तरको समेत साथ चाहिन्छ । पहिल्लो पटक शिवजट्टाको महिमा पिण्डेश्वरसँग जोड्न गरेको यो प्रयासमा सबै जुटेका छन् । यसले धार्मिक पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास समेत लिइएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।