one
विज्ञापन

सुनसरीमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ.......

इनरुवा
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित एक कुखुरा फर्मबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार राति करिब ११ः३० बजे बराहक्षेत्र नगरपालिका–७ लक्ष्मी टोलस्थित भिम भण्डारीको कुखुरा फर्ममा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनास्थलबाट जुवा खेल्न प्रयोग गरिने १३ थान कौडा र नगद ८१ हजार ९५० रुपैयाँ बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका–९ का ३३ वर्षीय आशिष श्रेष्ठ र ४४ वर्षीय रमेश लोहनी, वडा नं. २ का ४० वर्षीय बालकृष्ण खड्का तथा वडा नं. ७ का ४० वर्षीय राज श्रेष्ठ, ४५ वर्षीय मणिराज भण्डारी, ४९ वर्षीय इन्द्र राई, २५ वर्षीय सबिन तामाङ, ३१ वर्षीय बाबुराम दाहाल, ३३ वर्षीय सुमन दाहाल र २१ वर्षीय सुमन तामाङ रहेका छन् ।
त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–१ निवासी ३५ वर्षीय शक्तिमान थिङ पनि पक्राउ परेका छन् ।
प्रहरीले बरामद गरिएको कौडा र नगदसहित पक्राउ परेका ११ जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रहरीले २०८३ कात्तिक १४ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाबारे जानकारी गराएको हो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
4
विज्ञापन
2
विज्ञापन