one
विज्ञापन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ ।

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ ।
उपकुलपतिको नियुक्ति भएसँगै नियुक्ति पत्रका लागि उहाँ काठमाण्डौ जानु भएको थियो । बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठ आज शुक्रबार काठमाण्डौबाट धरान फर्किएर आजै प्रतिष्गठानको उपकुलपतिको पदको कार्यभार सम्हाल्नु भएको हो ।
उहाँलाई बीपीका कर्मचारी, शिक्षक, चिकित्सक तथा तीनजना पदाधिकारीहरुले स्वागत गरेका थिए । सो अवसरमा बोल्दै प्रतिष्ठानका पूर्व कामु उपकुलपति डा. गुरु खनालले एक पटक शिक्षाध्यक्ष जस्तो गरिमामय पद सम्हालिक्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले विपीको विकासमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै अस्पताल निर्देशक जगत नारायणले शिक्षाध्यक्ष पदमा पाँच बर्ष काम गर्दा उहाँले गर्नुभएको कामको मूल्यांकन सबैतिर भएको भन्दै उपकुलपतिको पाँच बर्षे कार्यकाल समेत सफल हुने बताउनुभयो ।

कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति प्रा.डा श्रेष्ठले चारजना पदाधिकारीको छलफल, प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो । उहाँले विगतको जस्तो पदाधिकारीहरुको वेमेलको अवस्था सिर्जना हुन नदिने वातावरण तयार पार्न आफूबाट हरसम्भव कोशिश गर्ने बताउनुभयो । उहाँले एक बर्षभित्रमा बीपीको वेथिति धेरै न्यूनिकरण भएर जाने प्रतिबद्धता जनाउनुभयो ।
आफू उपकुलपतिका नियुक्तिका लागि धेरैको सहयोग भएको सबैजना मनदेखि नै खुशी भएको आफूले पाएको बताउनुभयो । उहाँले केही गर्छ भन्ने हेतुले सबैले मलाई माया गरेको बताउदै त्यो अनुसारको काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिष्ठानको उपकुलपतिमा चारजनाको नाम सिफारिस भएकोमध्ये उहाँलाई सरकारले प्रतिष्ठानको उपकुलपतिको पदमा नियुक्ति गरेको हो । प्रारम्भमा सर्च कमिटीले प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय गरे पनि प्रा.डा. श्रेष्ठलाई सिफारिसमा छुटाउन नहुने भन्दै चर्को दबाब भएपछि उहाँको नाम समेत सिफारिसमा थपिएर आएको थियो ।
उपकुलपतिमा नियुक्त भएका प्रा.डा. श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ । विगतमा उहाँ प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी सम्हालीसक्नु भएकोले उहाँबाट बीपी प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, विद्यार्थीका साथै धरानबासीहरुले बीपीको विकास हुने ठूलो अपेक्षा राखेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन