one
विज्ञापन

मधेशी समुदायका महिलाहरुले धरानमा रहेका मधेशी समुदायका महिलाहरुलाई समावेश गरेर भव्य तीज पर्व मनाएका छन् ।

Article Image
Article Image

धरान । हरितालिका तीज पर्व अहिले समावेशी पर्वको रुपमा विकास भएको छ । धरानमा आदिवासी जनजाति, मधेशी तथा अन्य जाति तथा समुदायका महिलाहरुले समेत सामुहिक रुपमा तीज पर्व मनाएर आपसी सद्भाव बढाएका छन् ।

धरानमा तीज पर्वको पूर्व सन्ध्यामा मधेशी समुदायका महिलाहरुले धरानमा रहेका मधेशी समुदायका महिलाहरुलाई समावेश गरेर भव्य तीज पर्व मनाएका छन् । धरान आदिवासी जनजातिको सहर भनेर चिनिए पनि सबै जातजातिले समावेशी ढंगबाट तीज मनाउने प्रचलन बढ्दै गएको छ । यसै क्रममा तीज पर्वको पूर्व सन्ध्यामा सामुहिक तीज पर्व मनाएका छन् ।
मधेशी महिला समाजको आयोजनामा भएको सो कार्यक्रममा मधेशी समुदायमा बजाइने गितमा नाचेर रमाइलो गर्दै दर खाने कार्यक्रम राखेका थिए । पहिला घर घरमै तीज कार्यक्रम मनाएपनि मधेशी समुदायका महिलाहरुले पनि सामूहिक रुपमा तीज मनाउनुपर्छ भन्ने लागेर सामुहिक रुपमा तीज मनाइएको मधेशी महिला समाजकी अध्यक्ष रेखा शाहले जानकारी दिनुभयो ।

सामुहिक रुपमा तीज पर्व मनाउदा घर घर घरमा मनाएको भन्दा धेरै रमाइलो भएको सहभागि मधेशी महिलाहरुले बताएका छन् । उनीहरुले आपसी सम्बन्ध विस्तारसँगै महिलाहरुबीचको भावनात्मक सम्बन्ध सामुहिक रुपमा तीज मनाउदा पाइएको बताएका छन ।

सो अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले सबैले आफ्नो भाषा, सँस्कृतिलाई विर्सन नहुने बताउदै मधेशी महिला समाजले आयोजना गरेको सामुहिक तीज पर्वले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

अहिले सबै जातजातिको चाडपर्व समावेशी बन्दै गएको छ । महिलाहरुको तीज पर्व पनि पछिल्लो समय समावेशी बन्दै गएको छ । यसले आपसी सम्बन्ध विस्तारसँगै सदियौदेखि मनाउदै आएको चाडपर्व संरक्षणमा समेत सहयोग पुगेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन