one
विज्ञापन

धरान उपमहनगरपालिका ६ नं. वडा कार्यालयले स्थानीय सरकारको भूमिका निर्वाह गरेको छ ।

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान उपमहनगरपालिका ६ नं. वडा कार्यालयले स्थानीय सरकारको भूमिका निर्वाह गरेको छ । वडा कार्यालयकै आयोजनामा कुशे औसीका दिन अर्थात बुबाको मुख हेर्ने दिन पारेर वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ भने महिलाहरुको हरितालिका तिजको पूर्व सन्ध्यामा सामुहिक तिज पर्व मनाएको छ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि बनेको राज्य पुर्नसंरचना अन्तर्गत बनेको तीन तह अन्तर्गतको स्थानीय तहबाट सर्वसाधारणले धेरै अपेक्षा लिने गरेका छन् । स्थानीय तहले स्थानीय स्तरमा वडाबासीलाई वडाबाटै सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । यसमापनि धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालयले भने मातातीर्थ औँसी, कुशे औसी, तीज पर्व लगायतका अन्य पर्वमा अभिभाकत्वको भूमिका निर्वाह गर्र्दै सम्मान स्वरुप लक्षित वर्गसँग सँगै रहेर कार्यक्रमको आयोजन गर्ने गरेको छ ।
यसै क्रममा कुशे औसी अर्थात बुबाको मुख हेर्ने चाडका दिन वडा कार्यायलले वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ भने महिलाहरुको हरितालिका तीजमा तीजगीतमा नाचगानसँगै दर खाने कार्यक्रम समेत राखेको हो ।
कोशी प्रदेशका सांसद रमेश बस्नेतको उपस्थितिमा आयोजना गरिएको सो कार्यक्रममा सांसद बस्नेतले ज्येष्ठ नागरिक राज्यका गहना भएकोले उहाँहरुबाट धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएकोले राज्यले जहिल्यै पनि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

६ नं. वडा कार्यालयका वडाध्यक्ष भुपेन्द्र भट्टराईले विगतमा मातातीर्थ औसीका दिन ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको बताउदै कुशे औसीका दिन अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर महिलाहरुको हरितालिका तीजको समेत एकै पटक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा ८० बर्ष माथिका बुबाहरुलाई नेपाली टोपी र ज्येष्ठ आमालाई दोसल्ला ओढाएर सम्मान गरिएको बताउदै ज्येष्ठ नागरिकभित्र पनि सबैभन्दा ज्येष्ठ एक जना बुबा र एक जना आमालाई नगद ५÷५ हजार समेत प्रदान गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा वडामा रहेका सबैको उपस्थिति रहेको थियो । यो कार्यक्रमले ज्येष्ठ नागरिक, महिलाहरुले स्थानीय सरकारलाई अपनत्वको भावना प्रकटसहित स्थानीय सरकार भएको महसुस गरेका थिए ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन