धरान । केही सातादेखि जारी जनजी आन्दोलनपछि मुलुकको अवस्था
क्रमशः सामान्य बन्दै गएको छ । लामो समयदेखि बन्द रहेको यातायात
तथा बजार पसलहरू फेरि सञ्चालनमा आएपछि सर्वसाधारणले दशैको तयारी
गर्न पाएका छन् ।
धरानसहित कोशी प्रदेशका विभिन्न स्थानबाट लामा तथा छोटा दूरीका सवारी
साधन सञ्चालनमा आएसँगै यात्रु ,यातायात व्यवसायी तथा मजदुरहरूले सहजता
महसुस गर्न थालेका छन ्। धरानबाट कोशी पहाडी क्षेत्रतर्फ दैनिक दुई
सय बस र सय भन्दा बढी निजी सवारी साधनहरू सञ्चालन भइरहेका छन् । यस्तै,
धरान–काठमाण्डौं, धरान–काँकडभिट्टा, धरान–विराटनगर लगायतका रूटमा
सयौं सवारी साधन सञ्चालनमा आएका छन् । शान्ति सुरक्षालाई मध्यनजर
गरी यातायात व्यवसायीहरुले निर्वाध रुपमा यातायात सञ्चालन गर्न सकेका
थिएनन् ।
यात्रु ओसारपसार गर्न नपाउँदा आम्दानीमा असर परेको भन्दै चिन्ता
व्यक्त गरेका यातायात व्यवसायीहरू अहिले भने आशावादी देखिएका छन् ।
उनीहरुले पनि अवस्था शान्ति सुरक्षाको अवस्थालाई हेरेर यातायात व्यवसायी
तथा मजदुर संगठनले क्षति हुन सक्ने तर त्यसको जिम्मा लिने निकाय
नभएपछि भदौ २३ गतेबाट यातायात सञ्चालन हुन नसकेको बताएका छन् ।
आन्दोलनका कारण बजार पसलहरू बन्द हुँदा दशैको तयारी प्रभावित
भएको थियो । तर अहिले पसलहरू क्रमशः खुल्न थालेका छन् र सर्वसाधारण
दशैको किनमेल तथा घर–घर जाने तयारीमा व्यस्त देखिन्छन् ।
देशमा उत्पन्न विषम परिस्थितिका कारण यो वर्षको दशैं उत्साह विहीन हुने
अनुमान गरिए पनि अवस्था सामान्य बन्दै गएपछि सर्वसाधारणले उत्साह साथ
पर्व मनाउने विश्वास व्यक्त गरिरहेका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।