one
विज्ञापन

विजयपुरस्थित बुढासुब्बा मन्दिर सबै धर्मालम्बीहरुको आस्थाको केन्द्र

Article Image
Article Image
Article Image

धरान । धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर सबै धर्मालम्बीहरुको आस्थाको केन्द्रविन्दु बनेको छ । नेपालमै एक मात्र यो मन्दिरमा पूर्वी क्षेत्रमा भ्रमणमा आएका मात्र हैन धेरैजसो विजयपुरमा मठमन्दिरको दर्शन गर्न आउँदा बुढासुब्बा मन्दिरको दर्शन गरेर मात्र फर्कने गरेका छन् ।

धरान १४ विजयपुरमा रहेका सबै मठमन्दिरमा धरान आसपास तथा नेपाल लगायत भारतबाट समेत दर्शनका लागि आउने गरेका छन् । कार्तिक र मंसिर महिना आन्तरिक तथा वाह्य पर्यटकको भ्रमण गर्ने समय भएकोले पनि विजयपुरमा रहेका दन्तकाली, पिण्डेश्वर लगायतका मन्दिर दर्शन गर्ने गरिए पनि बुढासुब्बा मन्दिर नेपालमै एक भएका कारण यहाँ अनिवार्य दर्शन गरेर जाने भक्तजनहरु धेरै पाइन्छ ।
पर्यटकीय, धार्मिक तथा साँस्कृति दृष्टिकोणले महत्वपूर्ण रहेको बुढासुब्बा मन्दिरमा प्रत्येक बर्ष यही समयमा विद्यार्थीहरुलाई लिएर आउने गरेको गोरखाका शिक्षकहरु बताउँछन् । यो मन्दिरमा पटक पटक आउने र पहिलो पटक आएर दर्शन गर्नेले समेत अत्यन्तै सुन्दर, धार्मिक आस्था बोकेको मन्दिर भएको बताउने गरेका छन् ।्

यो सँगै तेस्रो पटक बुढासुब्बा मन्दिरमा आउनु भएकी विश्वखवास मावि चितवनकी शिक्षिक रामकला कोइराला जतिपटक आएपछि यहाँ आइरहन मन लाग्ने बताउनुभयो । उहाँले यस मन्दिर परिषरको वातावरण, व्यवस्थापन पक्ष र बाँसको टुप्पो नभएको, जनजोडी तथा प्रेम सम्बन्धमा परेकाहरुले धागो बाँध्ने चलन जस्ता विशेषताका कारण विद्यार्थीहरुलाई पूर्वीको अन्य ठाउँमा भ्रमण गर्ने क्रममा विजयपुरमा रहेको बुढासुब्बा मन्दिरलाई केन्द्रविन्दु बनाउने गरेको बताउनुभयो ।

चितवनकी रामकला मात्र हैन नपलपुरबाट आउनु भएका यम नाथ गौतमले अन्य मन्दिरभन्दा पृथक धार्मिक पृष्ठभूमि बोकेको मन्दिर आस्थाको केन्द्रविन्दु भएकै कारण नवलपुरबाट दर्शनकालागि आएको बताउनुभयो । बाँसको टुप्पो नहुने कुरा विगतदेखि नै सुनिदै आएकोले यसका बारेमा बुझ्न र हेर्नकालागि पनि विगतदेखि नै लालायित रहेका कारण यस पटक भने यो दृश्य हेर्न जुरेको बताउनुभयो ।

बुढासुब्बा मन्दिरका पूजारी पुष्प आले मगरले कार्तिक महिना ग्रह शान्तिका लागि उपयुक्त महिना भएका कारण कार्तिकमा उल्लेख्य भक्तजनहरु आउने गरेको बताउनुभयो । भक्तजनको आवागमनले भक्तजनहरुले आस्था राखेको प्रष्ट्याएको उहाँले बताउनुभयो ।

किवदन्तीका अनुसार बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढा सुब्बाले त्यहीँ ध्यान गरे, जहाँ अहिले बुढा सुब्बाको मन्दिर छ । उनकी बहिनी सुब्बिनीको मन्दिर छेउमै छ । यसैका आधारमा अहिले दैनिक सैयौ भक्तजनहरु नेपाल लगायत भारतबाट समेत आउन थालेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन