one
विज्ञापन

वार्षिक प्रतिवेदनलाई समेटेर तयार गरिएको पुस्तक Annual Report 2024-2025 and Plan of Action 2025-2026 को अनावरण गरिएको छ ।

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्तर्गतको सम्पुर्ण स्कूल कलेज, विभाग, महाशाखा,शाखा, यूनिटहरुले वर्षभरी गरेको कार्यको वार्षिक प्रतिवेदनलाई समेटेर तयार गरिएको पुस्तक Annual Report 2024-2025 and Plan of Action 2025-2026 को प्रतिष्ठानको अडिटोरियममा एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।
हरेक वर्ष भाद्र २४ का दिन पर्न जाने प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर उक्त पुस्तकको अनावरण गरिने भएता पनि यस वर्ष भने जेन जेड आन्दोलनका कारण वार्षिकोत्सवको सम्पूर्ण कार्यक्रम स्थगित भएपछी उक्त पुस्तक अनावरणमा केहि समय ढिलाई भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा हाल आयोजना भइरहेको Annual Scientific Programme -ASP_ - 2025 को उद्घाटन कार्यक्रमको अवसर पारेर उक्त पुस्तक अनावरण गरिएको हो । गत २०८२ मंसिर १) गते भएको ASP को उद्घाटन कार्यक्रममा डायसमा उपस्थित रहनु भएका प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद
श्रेष्ठज्यू, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौलाज्यू, अस्पताल निर्देशक डा. जगत नारायण प्रसादज्यू, डीन (परिक्षा) प्रा.डा. कृष्णा पोखरेल, ASP का संयोजक प्रा.डा. माधव लम्साल तथा ASP का प्रमुख वक्ता Key Note Speaker जेनेभा यूनिभर्सिटी, स्विट्जरल्याण्डका Prof. Laurent Spahr ले उक्त पुस्तकको अनावरण गर्नुभएको थियो । उक्त पुस्तकको Editor-in-Chief तथा प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधान तथा Editorial Team का सदस्यहरुले अनावरणका लागि पुस्तकहरु डायसमा उपस्थित महानुभावहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन