धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक रूपमा जर्जर बन्दै गएको बेला उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले प्रतिष्ठान सुधारका लागि सबैसँग सहकार्य र सहयोगको आह्वान गर्नुभएको छ ।
कोशी प्रदेशकै उत्कृष्ट अस्पतालको रूपमा परिचित बीपी प्रतिष्ठान सुधारकै उद्देश्यका साथ आफू उपकुलपति बनेको भन्दै प्रा.डा. श्रेष्ठले सबै पक्षलाई साथ दिन आग्रह गर्नुभएको हो । गत साउन २८ गते नेपाल सरकारबाट उपकुलपतिमा नियुक्त भएपछि उहाँ सुधार अभियानमा सक्रिय हुनुहुन्छ ।
सुनसरी उद्योग वाणिज्य संघमा आयोजित उद्योगी, व्यापारी, व्यवसायी तथा स्थानीयसँगको छलफलमा उपकुलपति श्रेष्ठले सुधारका लागि आर्थिक, भौतिक र संस्थागत सहयोग अपरिहार्य रहेको बताउनुभयो । साथै, प्रतिष्ठानभित्र हुने भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर कडा कदम चालिने स्पष्ट पार्नुभयो ।
छलफलमा उपकुलपति श्रेष्ठले प्रतिष्ठानका लागि आवश्यक २८ प्रकारका सामग्री तथा उपकरणको सूची सार्वजनिक गर्दै सामग्री खरिद वा आर्थिक सहयोगमार्फत योगदान गर्न आग्रह गर्नुभयो । त्यसपछि सहभागी उद्योगी, व्यवसायी र स्थानीयहरूले बीपी प्रतिष्ठान धरानको पहिचान र गौरवसँग जोडिएको संस्था भएकाले यसको सुधारमा सामूहिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममै सुनसरी उद्योग वाणिज्य संका अध्यक्ष गोपाल श्रेष्ठले ओपिडीका २५ डिजिटल डिस्प्ले मर्मत गर्ने घोषणा गर्नुभयो । व्यवसायी पवन अग्रवालले २ लाख ५० हजार रुपैयाँ बराबरका सामग्री, निर्माण व्यवसायी जनसेवक भण्डारीले ५ थान ट्रली सहयोग गर्ने बताउनुभयो ।
नेवार एकता समाजका तर्फबाट १ सय थान ह्विलचियर, रोटरी क्लब अफ घोपाबाट २० ह्विलचियर तथा हार्डवेयर व्यवसायी नवीनराज भण्डारीले १ लाख रुपैयाँभन्दा बढी मूल्यका जिन्सी सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
यसैगरी, स्टिल फेब्रिकेटरबाट १० वटा स्टेनलेस सामग्री, प्लास्टिक पाइप, ट्रली, फलामजन्य सामग्री, बिरामी बस्ने बेन्च र १० थान म्याट्रेस सहयोगको घोषणा भयो। समाजसेवी मनमोहन श्रेष्ठले २ लाख ५० हजार, कृष्ण श्रेष्ठले १ लाख १ हजार, सतिश चन्द्र गुप्ताले ५१ हजार र कुमार शाहले ५१ हजार रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उपचारसँगै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्दै आएको प्रतिष्ठान आर्थिक जर्जरताकै कारण सहयोगको अपेक्षामा पुगेको सहभागीहरूको भनाइ छ । भ्रष्टाचार र बेथिति नियन्त्रण हुन सके प्रतिष्ठान आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले उपकुलपति श्रेष्ठको सुधार अभियानमा साथ दिने प्रतिबद्धता दोहो¥याएका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।