धरान । आज पुसे औंसी—पितृ कर्मका लागि विशेष रूपमा पवित्र मानिने दिन—श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ मनाइएको छ । यस अवसरमा पितृहरूको तृप्तिका लागि श्राद्ध, तर्पण, दान लगायतका कर्म गरिँदै धरान र आसपासका शिवालय तथा तीर्थस्थलहरूमा बिहानैदेखि श्रद्धालुको उल्लेख्य भीड देखिएको छ ।
आज बिहानैदेखि सुनसरीको बराहक्षेत्र, कोका, कौसिकी क्षेत्र तथा धरानस्थित पिण्डेश्वर मन्दिरमा पितृ तर्पण गर्ने भक्तजनहरूको घुइँचो लागेको थियो । सोलुखुम्बुकी देविका कट्टेलले पुसे औंसीका दिन विधिपूर्वक पितृ श्राद्ध गर्दा पितृबाट आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको बताउँदै, सुनसरीका बराहक्षेत्र, विष्णुपादुका र विशेषगरी पिण्डेश्वर मन्दिरमा श्राद्ध गर्दा पितृ कृपा प्राप्त हुने विश्वासले आफू पिण्डेश्वर मन्दिरमा आएको बताउनुभयो ।
धर्मशास्त्रअनुसार पुसे औंसीलाई सोह्र श्राद्धभन्दा पनि पवित्र दिन मानिन्छ—विशेषतः पितृ कर्मका लागि । यस दिन सूर्य धनु राशिको अन्तिम विन्दुमा पुग्ने र चन्द्रमासअनुसार पुस महिनाको औंसी भएकाले यसलाई पुसे (पौषे) औंसी भनिन्छ ।
धरान–१४ का गोपाल दाहालले तिथिका दिन श्राद्ध गर्न नपाएका वा नसकेकाहरूले समेत आजको दिन पितृ श्राद्ध गरेमा पितृहरूको उद्धार हुने जनविश्वास रहेको बताउनुभयो ।
त्यस्तै, धरान–६ पानबारीका कुलप्रसाद दाहालका अनुसार पुसे औंसीका दिन श्राद्ध गर्दा पितृहरूको वास स्वर्गमा हुने धार्मिक विश्वास प्रचलित छ ।
परम्पराअनुसार यस दिन दिनभरि नै श्राद्ध गर्न सकिन्छ । श्राद्ध गर्न नसक्नेले पनि बिहान वा साँझ पितृको सम्झनामा कम्तीमा तीन अञ्जुली जल अर्पण गरे पितृ उद्धार हुने धर्मग्रन्थमा उल्लेख छ । पितृ श्राद्धमा आफ्नापट्टीका तीन पुस्ता, मावलीपट्टीका तीन पुस्ता, फुपू–फुपाजु, काका–काकी, मामा–माइजू, सानीआमा र ठूलीआमासम्म सबैलाई तर्पण दिने प्रचलन रहेको छ ।
पुसे औंसीका दिन तिल, वस्त्र, अन्न, पिण्ड र जललगायतका दान गर्नाले उत्तम फल प्राप्त हुने धार्मिक विश्वास छ । आजकै दिन धरान–२० स्थित विष्णुपादुकामा मेला लागेको छ भने स्थानीय सरकारले विद्यालय तथा विभिन्न सरकारी कार्यालयमा सार्वजनिक बिदा भएको सूचना पनि प्रकाशित गरिसकेको छ ।
धर्मका जानकारहरूका अनुसार पितृ श्राद्धले पितृप्रतिको श्रद्धा जीवनभर कायम राख्न सहयोग पु¥याउनुका साथै परम्परागत धार्मिक संस्कारको निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।