one
विज्ञापन

धरान १६ को जनपथ जागरण समाजले पञ्चायत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । समाजसेवालाई मूल मन्त्र बनाएर स्थापना भएको धरान १६ को जनपथ जागरण समाजले निम्न आयस्रोत भएका बालिबालिका अध्यन गर्ने धरान १६ मा रहेको पञ्चायत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । दोस्रो वडास्तरीय महिला फुटबल प्रतियोगिताबाट उठेको रकमबाट समाजले सो विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

यो बर्ष अत्याधिक जाडो छ । हुने खानेलाई भन्दा हुदा खानेका लागि यो मौसम अत्यन्तै कष्टकर हुन्छ । यसैलाई मध्यनजर गरी जनपथ जागरण समाज धरान १६ ले केही समय अगाडि आयोजना गरेको वडास्तरीय दोस्रा ेमहिला नकआउट प्रतियोगिताबाट उठेको रकम अत्यन्तै विपन्न परिवारका बालबालिका अध्ययन गर्ने धरान १६ जनपथमै रहेको पञ्चायत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र जुत्ता वितरण गरेको हो ।
यो विद्यालय २०३० सालमा स्थापना भएको हो । यहाँ अधिकांश विद्यार्थी न्यून आय स्रोत भएका कारण समयमै कापी कलमसम्म किन्न नसक्ने अवस्थाका रहेका छन् । जाडो अत्याधिक बढेको समयमा समाजले यो विद्यालयलाई केही राहत मिल्छ कि भन्ने अभिप्रायले सहयोग गरेको समाजका अध्यक्ष सुजन केसीले जानकारी दिनुभयो ।

समाजले पहिलो प्रतियोगिताबाट उठेको रकम समेत सामाजिक कार्यमा खर्चिएको थियो । महिला फुटबल खेललाई स्थानीय स्तरदेखि नै प्रवद्र्धन गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्न गत बर्षदेखि शुरु भएको यो प्रतियोगिताबाट बचेको रकम समाजसेवामा खर्चिने गरेको छ । समाजले गरेको अतुलनीय कार्यको स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत प्रशंसा गरेको छ । धरान उपमहानगरपालिकाकी शिक्षा महाशखाकी अधिकृत चन्द्रकला राईले समाजले विपन्न बालबालिकामाथि गरेको सहयोगी भावनाप्रति खुलेर प्रशंसा गर्नुभयो ।

भौतिक संरचनासँगै विद्यालयमा पढ्ने वातावरणसमेत उपयुक्त नभएको यो विद्यालयको स्नरोन्नतिमा सबैले सहयोग गर्नुपर्नेमा प्रधान अध्यापक जोड दिनुभयो ।

जाडोको समयमा समाजसेवाको भावना बोकेर दर्ता भएको जनपथ जागरण समाज धरान १६ ले गरेको यो कार्यको सर्बत्र प्रशंसा भएको छ । यसले धरानका अन्य युवाहरुलाई समेत समाजसेवाप्रति प्रेरित गरेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन