मोरङको विराटनगर महानगरपालिका-१७ स्थितबाट १०४ ग्राम लागु औषध
ब्राउन सुगर सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पुस
२६ गते इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो
विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा आईसिपी
रोडबाट विराटनगर तर्फ आउदै गरेको BR38AP 9049 नम्बरको मोटरसाईकल
चालक भारत अररियाका २० वर्षिय सेठु कुमार , मोटरसाईकलमा सवार १९
वर्षिय राजकुमार साह र २० वर्षिय रोशन कुमारको साथबाट १०४ ग्राम लागु
औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको सबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप
अनुसन्धान भई रहेको छ ।
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र
प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले चेकजाँचको
क्रममा गौरीगंज नगरपालिका-६ का मोहमद रहिम मिँया र सक्षम उप्रेतीको
साथबाट १ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने
सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले उदयपुरको वेलका नगरपालिका-४ का
अनु क्षेत्री र अनुप क्षेत्रीलाई प्रतिबन्धित औषधी ७०० क्यापसुल सहित पक्राउ
गरेको छ ।
पक्राउ परेको सबैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान
भई रहेको छ ।
इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप-महानगरपालिका-१६
स्थितबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जनालाई
पक्राउ गरेको छ । पुस २७ गते बिहान खटिएको प्रहरी टोलीले धरान उप-
महानगरपालिका-१६ स्थितमा को १८ प ४२५६ नम्बरको मोटरसाईकललाई शंका
लागी चेकजाँच गर्दा चालक कोशी गाउँपालिका-१ का २३ वर्षिय रोशन झाँ र १८
वर्षिय जय प्रकाश यादवको साथबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १०
क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा इलाका प्रहरी
कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।