अपांग तथा असहाय पुर्नस्थापन केन्द्र धरानले पु¥याएको सहयोगको लक्षित वर्गले खुलेर प्रशंसा गर्दै वितरण गरेको सामाग्रीले आफूहरु आत्मनिर्भर बन्न सहयोग पुगेको बताएका छन् । उनीहरुले पाइएको समाग्रीको भरपूर सहयोग गर्दै जीवन निर्वाहको आधार बनाउने अठोट लिएका छन् ।
धरान १९ स्थित अपाग तथा असहाय पुर्नस्थापन केन्द्रले लक्षित वर्गलाई निःशुल्क सिलाइबुनाइको तालिमसँगै उनीहरुलाई रोजगारीको लागि चार जनालाई सिलाई मेसिन वितरण गरेको छ । केन्द्रले धरानका व्यवसायी अशोक अग्रवालमार्फत ती मेसिन उपलब्ध गराएको हो ।
मेसिन प्राप्त गरेसँगै प्रशिक्षार्थी लक्षित महिलाहरु अत्यन्तै खुशी भएका थिए । उनीहरुले केन्द्रलाई धन्यवाद दिँदै व्यवसायी अग्रवालले दिएको सिलाइ मेसिनको भरपुर सदुपयोग गर्ने बताए ।
विगतदेखि नै घर चलाउन अत्यन्तै कठिन भएको अवस्थामा अपांग पुनस्र्थापनामार्फत व्यवसायी अशोक अगग्रवालले दिएको सिलाई मेसिनले जीवनयापनमा सहजता ल्याएको प्रशिक्षार्थी रञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरुलाई केन्द्रकी अध्यक्ष डम्बरकुमारी मास्केले विगतदेखि नै सिलाई बुनाइको तालिम दिँदै आउनु भएको छ ।
तालिमसँगै जीविकोपार्जन सहज होस भन्ने अभिप्रायले मेसिन वितरण गरेकोमा अर्की प्रशिक्षार्थी जमुना तामाङले समेत दातालाई धन्यवाद दिनुभयो ।
यी दुई प्रशिक्षार्थीमात्र हैन सानै उमेरबाट गरिबीका कारण छाक टार्न अन्य काम गर्दे आउनु भएकी मिसिला सदाको भनाई पनि उस्तै छ । तालिमसँगै प्रदान गरेको मेसिनले जीविकोपार्जन गर्न सहज हुने उहाँको भनाई छ ।
यतिमात्र हैन केन्द्रले सोही अवसरमा क्लोथ फाउन्डेशनसँग सहकार्य गरेर जाडोमा ओढ्ने कमल वितरणसँगै चार जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, नि शुल्क स्वास्थयसेवासँगै हरेक महिना ४० परिवारलाई खाद्यान्न समेत वितरण गर्र्दै आएको छ । केन्द्रल अपाग तथा असहायलाई लक्षित गरी विगतदेखि नै यस्ता कार्यक्रमलाई निरन्तता दिँदै आएको छ । पछिल्लो समय लक्षित वर्गलाई तालिमसँगै आत्मनिर्भर बनाउन सामाग्री वितरणले भने उनीहरुको जीवनयापनमा सहजता ल्याएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।