one
विज्ञापन

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर सुनसरी क्षेत्र नं. १ को उम्मेद्वारी दर्ता

धरान । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर सुनसरी क्षेत्र नं. १ को राजनीतिक माहोल तातेको छ । पुराना दल र नयाँ उदयीमान शक्तिहरूको प्रतिस्पर्धाले यस क्षेत्रको चुनाव रोचक बनेको छ ।

नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उम्मेद्वार बनाएको छ । राप्रपाबाट प्राध्यापन पेशाबाट अवकाशप्राप्त उद्धव श्रेष्ठ चुनावी मैदानमा उत्रिनु भएका छ । नेकपाबाट सूर्यबहादुर भट्टराई (मनोज) ले उम्मेद्वारी दर्ता गराउनु भएको छ । उहाले उम्मेद्वारीका लागि धरान–१७ का वडाध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बन्नु भएको छ । उहाँले मेयरको कार्यकाल पूरा गर्न नपाउँदा अधुरा रहेका योजना, विशेषगरी सप्तकोशीबाट धरानमा खानेपानी ल्याउने सपना पूरा गर्न संघीय संसदमा पुग्न चाहेको बताउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ (सरिन) ले पुनः उम्मेद्वारी दिनु भएको छ । २०७९ को निर्वाचनमा उहाँ ४५३ मतान्तरले पराजित हुनु भएको थियो । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सिफारिस भएका सुदन किरातीले भने उम्मेद्वारी नदिने घोषणा गर्दै हर्क साम्पाङलाई समर्थन जनाउनु भएको छ ।
नेकपा एमालेले उम्मेद्वार परिवर्तन गर्दै सुर्य पन्धाकको सट्टा युवा नेता टिका माङ्लेनलाई उम्मेद्वार बनाएको छ । उम्मेद्वारी दर्तापछि माङ्लेनले विदेशी चलखेल रोक्न एमाले नै निर्णायक शक्ति भएको दाबी गर्नुभयो ।

पुराना दलहरू विगतका कमजोरी सच्याएर अघि बढ्ने दाबी गरिरहेका छन् । कांग्रेस उम्मेद्वार सुजेन्द्र तामाङले संविधानको अक्षरस पालना र राजनीतिक स्थायित्वका लागि उम्मेद्वारी दिएको बताउनु भएको छ ।

नयाँ र पुराना दलको मिश्रण रहेको यस निर्वाचनमा कसले बाजी मार्ला भन्ने विषयमै मतदाता अन्योलमा छन् । निर्वाचन कार्यालय सुनसरीका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा कुल ५ लाख ८० हजार ९ सय ४५ मतदाता कायम छन् । जसमध्ये सुनसरी क्षेत्र नं. १ मा मात्र १ लाख ४१ हजार ८ सय ७८ मतदाता रहेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन