one
विज्ञापन

राधेश्याम महिला जागरण समूह धरान सुनसरीको २५ औ बार्षिकोत्सव सम्पन्न

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

महिलाहरुलाई सनतनी धर्मप्रति आस्थावान बनाउदै धर्मप्रति उत्प्रेरित गर्ने उद्देश्यले गठन भएको राधेश्याम महिला जागरण समूह धरान सुनसरीको २५ औ बार्षिकोत्सव सम्पन्न गरेको छ ।
भिज्युवल
एक बर्ष अगाडि धरान १२ गीता मन्दिरमा कृष्ण अष्टमीको दिन सम्पन्न अधिवेशनबाट अध्यक्षमा सावित्रा आचार्य चयन भएसँगै संस्थाको गतिविधिलाई अझ तिब्रता दिएको हो । २५ औ बार्षिकोत्सवमा संस्थाले हिन्दु सनातन धर्मप्रति आस्था राख्ने तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
सो अवसरम बोल्दै माता श्री सीता भारद्वाजले धेरै बोल्नुभन्दा कम बोल्नु, सबैसँग सद्भाव कायम राख्नुपर्ने धारणा राख्दै मानिसमा मात्र कमीकमजोरी हुने तर्क राख्नुभयो । गल्तिलाई स्वीकार्दै सुधार्दै गएमात्र सही व्यक्ति बन्ने उहाँको धारणा थियो ।

यस्तै प्रमुख आस्थी श्री १०८ आस्वीनि वेदप्रकाश महाराजले गीताको सारलाई मनन गरेर अगाडि बढ्न सके भगवान प्राप्ति हुने धारणा व्यक्त गर्नुभयो ।

यस्तै राधेश्याम महिला जागरुण समूहकी अध्यक्ष सावित्रा आचार्यले आफूहरुको एकतावद्ध प्रयासले देश विदेशमा रहेका भक्तहरुमाझ परिचित गराउदै धरानलाई धार्मिक पर्यटकको रुपमा चिनाउने लक्ष्य संस्थाको रहेको बताउनुभयो ।

विगतदेखि नै यो संस्थाले महिलाहरुको सक्रियतामा सनातन धर्ममा आस्था राख्ने महिलाहरुलाई एकत्रित गरी महिला जागरण अभियान निरन्तर गर्दै आइरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन