one
विज्ञापन

धरान रङ्गशालामा भएको २६ औं संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

आयोजक धरान फुटबल क्लबसँगको उद्घाटन खेलमा पाहुना टोली भारत कालिम्पोङको जर्जियन फुटबल क्लब स्तब्ध बनेको छ । आयोजक धरान दोस्रो चरणमा प्रवेश गरेको छ ।

बिहीबार धरान रङ्गशालामा भएको २६ औं संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा निर्धारित समयमा बराबरी गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा ४–२ गोल अन्तरको जित निकालेको धरानका लागि विवेक राई, राज लिम्बू, प्रज्ज्वल थापा, नगेन राईले गोल गरेका थिए । जर्जियनका लागि शरद मुण्डा र साहिजाले गोल गरे । बक्सर प्रधान र विशाल क्षेत्रीले गोल गर्न सकेनन् ।
यसअघि खेलको पहिलो हाफमा जर्जियनका हेमराज भुजेल र धरानका तपन कार्कीले गोल गरी खेललाई बराबरीमा पु¥याएका थिए । खेलको म्यान अफ द म्याच धरानका विपुल मगरले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले गरेका थिए । भोलि शुक्रबारको खेल रोयल थिम्पु फुटबल क्लब भुटान र झापा–११ नेपालबीच हुने आयोजकले जनाएको छ ।
बुढासुब्बा गोल्डकपको उपाधि विजेताले ट्रफी र मेडलसहित नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने छन् । भोलि शुक्रबारको खेल पाहुना टोली रोयल थिम्पु फुटबल क्लब भुटान र झापाबीच हुने आयोजकले जनाएका छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन