धरान । सुनसरी क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ । निर्वाचन नजिकिँदै जाँदा दलहरूले शक्ति प्रदर्शन तीव्र बनाएका छन् । यसैक्रममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज) ले धरानको मुटु भानुचौकमा आयोजित विशाल आमसभा मार्फत आफ्नो चुनावी एजेन्डा र विकासको खाका सार्वजनिक गर्नुभएको छ ।
आमसभालाई सम्बोधन गर्दै भट्टराईले विगतदेखि बाहिरी जिल्लाबाट आएका उम्मेदवारले चुनाव जितेपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्तिको आलोचना गर्नुभयो । २०४८ सालदेखि मनमोहन अधिकारीदेखि अशोक राईसम्म बाहिरका उम्मेदवारलाई जिताउँदा पनि जनताले अपेक्षित साथ नपाएको उल्लेख गर्दै आफू यहीँ जन्मेको, हुर्केको र भूगोल बुझेको स्थानीय उम्मेदवार भएकाले सधैं जनतासँगै रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सहकारी पीडितहरूको मुद्दालाई प्रमुख एजेन्डा बनाउँदै डुबेको रकम फिर्ता गराउन संसदमा सशक्त आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै धरान–४, १३ र २० का क्षेत्रमा लालपुर्जा र जग्गा सट्टाभर्ना कानुन सम्मत ढंगले टुंग्याउने योजना पनि अघि सार्नुभयो ।
फोहोरमैला व्यवस्थापनका लागि वैज्ञानिक डम्पिङ साइट निर्माण गरी धरानलाई स्वच्छ र आधुनिक सहर बनाउने तथा धरान, बराहक्षेत्रका ५ वडा र रामधुनीका २ वडालाई जोड्ने सडक सञ्जाल विस्तार गर्ने योजना प्रस्तुत गर्नुभयो । क्षेत्र नं. १ को जुनसुकै स्थानबाट ३० मिनेटभित्र आवतजावत गर्न सकिने संरचना विकास गर्ने उहाँको दाबी थियो ।
विरोधीहरूले निजी जीवन माथि आक्रमण गरेको संकेत गर्दै उहाँले यस्ता गतिविधिले आफू नडराउने बताउनुभयो । आमसभा अघि विभिन्न टोलबाट निस्किएको ¥यालीले नगर परिक्रमा गरेको थियो भने सांस्कृतिक झाँकी, बाजागाजा र उल्लेख्य जनसहभागिता देखिएको थियो । आमसभामा पार्टीका स्थानीयदेखि केन्द्रिय स्तरका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।