धरान । नेपालको पूर्वी क्षेत्रको खेलकुद केन्द्रका रूपमा परिचित धरानमा गल्फ खेलको गतिविधि थप सक्रिय बन्न थालेको छ। यही क्रममा आगामी शनिबार यहाँ ‘ग्यालेक्सी काठमाडौं ओपन एमेच्योर गल्फ टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगिताले गल्फ खेललाई खेलसँगै पर्यटन र व्यवसायिक नेटवर्किङसँग जोड्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे जानकारी दिँदै गल्फ खेलाडी तिलक राईले यस पटकको प्रतियोगिता विशेष रहने बताए । उनका अनुसार यस वर्ष ग्लाक्सी काठमाण्डौले प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ । प्रायोजक संस्थाले दुई लाख रुपैयाँ सहयोग गरेको र प्रतियोगिता सफल भए आगामी वर्षहरूमा पनि सहकार्य निरन्तर रहने अपेक्षा गरिएको उनले बताए ।
राईका अनुसार खेलाडीहरूलाई प्रोत्साहन गर्न गल्फ ब्याग, छाता, बल र पञ्जा जस्ता आवश्यक खेल सामग्रीहरूको समेत व्यवस्था गरिएको छ, जसले खेलाडीहरूमा उत्साह थपिएको छ ।
धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले धरानको गल्फ कोर्स पूर्वी नेपालकै विशिष्ट कोर्स भएको बताए । उनका अनुसार पूर्व क्षेत्रका धेरै महत्वपूर्ण प्रतियोगिताहरू यही कोर्समा आयोजना हुँदै आएका छन् । उनले गल्फ खेलको विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कोशी गल्फ एसोसिएसनकाका अध्यक्ष सुरेश प्याकुरेलले गल्फ खेल केवल मनोरञ्जन मात्र नभई व्यवसायिक नेटवर्किङ, अनुशासन र पर्यटनसँग जोडिएको खेल भएको बताए । उनका अनुसार धरानमा हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरू सहभागी हुने भएकाले यसले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि टेवा पु¥याउने गरेको छ ।
धरानमा आयोजना हुन लागेको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा धरान, विराटनगर, इटहरी र काठमाडौंका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
धरानमा गल्फ खेलको सुरुवात सन् १९६२ मा घोपाक्याम्पस्थित ब्रिटिश गुरखा क्याम्पबाट भएको मानिन्छ । त्यसबेला ब्रिटिश सेनाले ९ होलको गल्फ कोर्स निर्माण गरेका थिए । पछि ब्रिटिश क्याम्प बन्द भएपछि स्थानीय खेलाडी र क्लबका सदस्यहरूको पहलमा खेललाई निरन्तरता दिइयो । केही समय त नेपालमा सञ्चालनमा रहेको प्रमुख गल्फ कोर्स नै धरानमा मात्र रहेको उल्लेख पाइन्छ, जसले धरानलाई देशकै महत्वपूर्ण गल्फ केन्द्रका रूपमा स्थापित गरेको मानिन्छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।