धरान । गर्मी मौसममा विद्यालयका विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यले दाताहरुले शुद्ध चिसो पिउने पानीको व्यवस्था गरिदिएका छन् । दाताहरुको सहयोगमा संचालन हुदै आएको धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि शुद्ध चिसो पिउने पानीको व्यवस्था गरिएको हो । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पु¥याउने उद्देश्यले विभिन्न दाता परिवारको सहयोगमा जडान गरिएका सुविधाहरू एक कार्यक्रमका बीच हस्तान्तरण समेत गरिएको छ ।
धरान–२ निवासी दाता मोतीलाल अग्रवाल, अरुणा अग्रवाल तथा उहाँका छोरा रोहितकुमार अग्रवाल र बुहारी स्वेता अग्रवालले आफ्ना दिवंगत पिता स्वर्गीय भगवानदास अग्रवाल र माता स्वर्गीय चन्द्रवली देवी अग्रवालको स्मृतिमा फिल्टरसहितको शुद्ध चिसो पिउने पानी उपलब्ध गराउने मेसिन विद्यालयलाई प्रदान गरेका छन् ।
सो अवसरमा धरान उपमहानगरपालिका वडा नं. ३–का वडाध्यक्ष विद्या शाक्यले विद्यालयको विकासमा राज्यको मात्र मुख नताकी सामाजिक उत्तरदायित्व बोध भएका दाताहरूको सहयोग अत्यन्त सराहनीय रहेको बताउनुभयो । उहाँले यस सहयोगबाट विशेषगरी गर्मीयाममा विद्यार्थीहरूले शुद्ध र चिसो पानी पिउन पाउने भएकाले स्वास्थ्य र पढाइ दुवैमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी इलामको फाकफोकथुम–४ स्थायी घर भई हाल धरान–३ मा बसोबास गर्दै आएका गंगाप्रसाद श्रेष्ठ र रेविका श्रेष्ठको परिवारले आफ्ना दिवंगत पिता देवीप्रसाद श्रेष्ठ तथा माता स्वर्गीय देवीमाया र स्वर्गीय डम्बरकुमारी श्रेष्ठको पुण्य स्मृतिमा निर्माणाधीन भवनसहित शुद्ध पिउने चिसो पानीको धारा निर्माणमा सहयोग गरेका छन् ।
वडाध्यक्ष शाक्यले दाता परिवारलाई धन्यवाद व्यक्त गर्दै वडा कार्यालयले विद्यालयको विकासका लागि आवश्यक सहयोग र सहकार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्ता सामाजिक कार्यहरूले विद्यालय र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उनको भनाइ थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनकला न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविन्द्र सुवेदीले दाताहरूको अमूल्य सहयोगले विद्यालयलाई ठूलो राहत पुगेको बताए । कार्यक्रममा दाता परिवारलाई विद्यालयका तर्फबाट प्रशंसा–पत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।