one
विज्ञापन

विधिवत रुपमा मौलो पुजा सम्पन्न र लागूऔषध सहित ३ जना पक्राउ

विराटनगर, २०८२ चैत्र १२ गते ।
२०८२ सालको चैते दशैको शुभ अवसरमा परम्परागत रुपमा मनाउँदै आएको
मौलो पुजा विधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । चैत १२ गते
बिहानको शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद
घिमिरेले विधिवतरुपमा मौलोमा पुजाअर्चना गर्नुका साथै उपस्थित सम्पुर्ण
सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले मौलो परिक्रमा गर्नु भई पुजा
सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण बिराटनगरको प्राङ्गणमा भएको मौलो
पुजामा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै प्रहरी बैण्ड टोली
समेतको उपस्थिति रहेको थियो ।
झापा, सुनसरी र उदयपुरबाट चैत्र ११ गते लागूऔषध सहित ३ जनालाई पक्राउ
गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले
भारतबाट नेपाल तर्फ आउदै गरेका भद्रपुर नगरपालिका-९ का ३३ वर्षीय दिनेश
कुर्मीलाई लागू औषध ब्राउन सुगर २ ग्राम ६९० मिलिग्राम सहित भद्रपुर-५
मेचीपुलबाट पक्राउ गरेको छ । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-
१६ स्थित पानीट्याङ्कीबाट अस्थाई प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी
टोलीले सोही स्थानका ३० बर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल,
स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी
उदयपुरले कटारी नगरपालिका-५ बरमझियाका ३३ बर्षीय तुल बहादुर थापालाई
१० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरिएको छ । पक्राउ परेका तिनै
जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन