one
विज्ञापन

न्यायिक इतिहासमा सर्वोच्च अदालतमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर प्राप्त

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम (कामु) प्रधान न्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् । पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा सुशीला कार्कीले महिला प्रधानन्यायाधीशको नेतृत्व गरेकी थिइन् । मङ्गलबारदेखि प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीशमा मल्ललाई प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको हो ।
प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था भए संगै नेपालको संविधानको धारा १२९ मा प्रधानन्यायाधीश अवकाश भएपछि वरिष्ठतम् न्यायाधीश स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन