one
विज्ञापन

धरान–१० स्थित मेरिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको ३०औं वार्षिकोत्सव रचनात्मक ढंगबाट मनाए

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । तीन दशक लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित धरान–१० स्थित मेरिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको ३०औं वार्षिकोत्सव रचनात्मक ढंगबाट मनाएको छ । तीन दशक लामो शैक्षिक यात्रा पूरा गरेको अवसरमा विद्यालयले केवल उत्सव मात्र मनाएन, बरु आफ्नो सामाजिक उत्तरदायित्वलाई पुनः पुष्टि गर्दै असहाय विद्यार्थी र परिवारलाई आर्थिक तथा शैक्षिक सहयोग समेत प्रदान गरेको छ ।

कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक मनोज राईले विद्यालयले सञ्चालन गरिरहेको ’विकन’ नामक सामाजिक संस्थाकोे कार्यबारे जानकारी दिनुभयो । विद्यार्थीहरूलाई नैतिकता र संस्कार सिकाउने उद्देश्यले सुरु गरिएको यस अभियान अन्तर्गत विद्यार्थीहरूले आफ्नो जन्मदिनमा केक र चकलेटमा हुने खर्च कटौती गरी उक्त रकम ’डोनेशन बक्स’मा जम्मा गर्ने गर्छन् ।
विगत १२–१४ वर्षको अवधिमा यसरी संकलित रकमबाट करिब ३० देखि ३५ लाख रुपैयाँ बराबरको परोपकारी कार्य भइसकेको राईले बताउनुभयो । सोही कोषबाट मोरङको सादुडाँडामा प्यारालाइसिस भएका एक बुबा र उनका साना नानीहरूका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको स्मरण समेत उहाँले गर्नुभयो । उहाँले नीजि विद्यालयमा सम्पन्नता भएका विद्यार्थीमात्र नभई आर्थिक अभाव भएकाहरुलाइृ पनि पठनपाठनमा सहयोग मिलोस् भन्ने अभिप्रायले भर्ना शुल्कमा ५० प्रतिशत छुट दिइएको जानकारी दिए ।

विद्यालयका निर्देशक मुघाधन राईले विद्यालयको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्नुभएको थियो । उहाँका अनुसार यो विद्यालय वि.सं. २०४२ सालमा ’जलजला इङ्लिस प्राइमरी स्कुल’को रूपमा स्थापना भएको थियो र २०५२ सालदेखि ’मेरिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल’को नामबाट सञ्चालनमा आएको हो । ५२ वर्षदेखि निरन्तर शिक्षण पेशामा आबद्ध राईले मन कहिल्यै बुढो नहुने, शरीरले साथ दिउन्जेल गुणस्तरीय शिक्षाका लागि म खटिरहन प्रतिबद्धता दिलाए ।

धरान वडा नं. १० का वडाध्यक्ष विवेक राईले कार्यक्रममा बोल्दै धरान–१० शिक्षा, स्वास्थ्य र धार्मिक हिसाबले महत्वपूर्ण केन्द्र रहेको बताए । उहाँले मेरिल्याण्ड स्कुलले शैक्षिक क्षेत्रका साथै सामाजिक सेवामा पु¥याएको योगदानको प्रशंसा गरे । किताबी ज्ञान मात्र होइन विद्यार्थीलाई समाजसँग जोड्न र उनीहरूमा परोपकारी भावना विकास गर्न यो विद्यालयले खेलेको भूमिका उदाहरणीय रहेको बताए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले सहयोग र छात्रवृत्ति वितरण गरेको छ । नगद सहयोगः स्वास्थ्य समस्या र आर्थिक अवस्था कमजोर भएका नानीहरू अनुराधा मगर र अनुपमा धिमाललाई उपचार र शिक्षाका लागि जनही १५ हजार रुपैयाँ (विद्यालयबाट १० हजार र विजयपुर एफएमका एमडी हिमाल राईबाट ५ हजार) नगद सहयोग प्रदान गरिएको छ ।
यसैगरी सलिना कार्की, रोहिणी विश्वकर्मा, आरुष विश्वकर्मा, एन्जिला राई, पुष्पा खत्वे, एलिसा राई, रेजिना गौतम, सुसन मगर र रोशनी÷करुणा लगायतका विपन्न विद्यार्थीहरूलाई ब्याग, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा समाजसेवी सुनील खड्का, प्रमोद अग्रवाल लगायतको उपस्थिति थियो । वक्ताहरूले मेरिल्याण्डले विद्यार्थीलाई प्रमाणपत्रमा मात्र नभई संस्कार र व्यवहारमा पनि अब्बल बनाउन सफल भएको धारणा राखेका थिए ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन