one
विज्ञापन

लागू औषध सहित ८ जना प्रहरीको नियन्त्रणमा

विराटनगर, जेठ ०४ गते ।
झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट जेठ ०३ गते लागू औषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगर, दमक-९ का १९ वर्षीय सनम लिम्बुलाई प्रतिबन्धित लागू औषध ७५ क्याप्सुल र ७५ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत प्रहरी कार्यालयहरुले इटहरी-२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, धरान-१५ का २५ वर्षीय सनम राईलाई ट्रामाडोल १४० क्याप्सुल र डिकोलिक १४० ट्याब्लेट सहित, रामधुनी नगरपालिका-९ का २२ वर्षीय रोहन चौधरी र रामधुनी-७ का २३ वर्षीय मनिस चौधरीलाई ६ ग्राम ७४ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा-४ स्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ । यसका साथै इलाका प्रहरी कार्यालय लेटाङले बेलबारी नगरपालिका-११ का २३ वर्षीय प्रेम बहादुर तामाङ र बेलबारी-४ का २० वर्षीय संजोग विशंखेलाई ६ ग्राम २८ मिलिग्राम ब्राउन सुगर सहित लेटाङ-३ स्थितबाट नयन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन