one
विज्ञापन

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, जेठ ११ गते ।
झापा र मोरङबाट जेठ १० गते लागू औषध ब्राउन सुगर सहित जनालाई पक्राउ गरीएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका काठमाण्डौ महानगरपालिका-२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय शुशिल मानन्धरलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-५ का २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-१५ स्थितबाट पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन