one
विज्ञापन

पूर्वी नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय सहर धरान र पश्चिम नेपालको पर्यटकीय राजधानी पोखराबीच पहिलो पटक सिधा लक्जरी डिलक्स बस सेवा सञ्चालनमा

Article Image
Article Image
Article Image
Article Image

धरान । पूर्वी नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय सहर धरान र पश्चिम नेपालको पर्यटकीय राजधानी पोखराबीच पहिलो पटक सिधा लक्जरी डिलक्स बस सेवा सञ्चालनमा आएको छ । नयाँ सेवासँगै वर्षौंदेखि इटहरी वा अन्य स्थानमा बस परिवर्तन गरेर यात्रा गर्न बाध्य धराने यात्रुहरूले अब सिधै धरानबाट पोखरासम्म आरामदायी यात्रा गर्न सक्ने भएका छन् ।
जगदम्बा यातायातद्वारा सञ्चालनमा ल्याइएको उक्त सेवा आधुनिक प्रविधि र यात्रुमैत्री सुविधासहित सञ्चालन गरिएको जनाइएको छ । बसमा प्रिमियम रेक्लाइनिङ सोफा सिट, एयर कन्डिसनर (एसी), उच्च गतिको वाइफाइ, मोबाइल चार्जिङ पोर्ट, एलईडी मनोरञ्जन प्रणाली तथा लामो दूरीको यात्रालाई सहज बनाउन एयर सस्पेन्सन प्रविधि जडान गरिएको छ । यात्राका क्रममा यात्रुहरूलाई निःशुल्क चिया, कफी, चिसो पेय पदार्थ र हल्का खाजाको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
बस सेवा दैनिक सञ्चालन हुने जनाइएको छ । धरानबाट बिहान ७ बजे बस छुट्ने तथा पोखराबाट बेलुका ८ बजे फर्किने तालिका तय गरिएको छ ।
यस अवसरमा नेपाल यातायात व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठले धरान–पोखरा सिधा सेवा सञ्चालन हुनु पूर्वी नेपालका यात्रुहरूको लामो समयदेखिको माग पूरा भएको उल्लेख गर्नुभयो । उहाँले यस सेवाले कोशी र गण्डकी प्रदेशबीचको व्यापार, पर्यटन तथा आवागमनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नीजि बस व्यवसायीहरुको सुरक्षामा ध्यान नदिए पनि व्यवसायी आफैले यात्रुलाई सुविधान दिन सकेमात्र व्यवसाय सफल हुने बताउनुभयो । उहाँले एक करोड, दुईकरोड लगानी गरेर सवारी साधन सञ्चालन गरेपनि सडकको दुरवास्थाका कारण व्यवसायी, यात्रु सबैले समस्या भोग्नुपरेकबो बताउनुभयो ।
त्यसैगरी पोखरा यातायात समितिका बस व्यवसायी केशवप्रसाद अधिकारीले यात्रुको सुरक्षा, आराम र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर धरान पोखरा बस सञ्चालनमा ल्याएको बताउनुभयो । । उहाँले धरान र पोखरा दुवै प्रमुख पर्यटकीय गन्तव्य भएकाले नयाँ सेवाले धरान र पोखराबासीलाई सहजता प्रदान गर्ने बताउनुभयो ।
धरान र पोखराबीच सिधा बस सेवा सञ्चालनसँगै पूर्व र पश्चिम नेपालबीचको यात्रालाई सहज, सुरक्षित र समयमै सम्पन्न गराउने नयाँ विकल्प थपिएको छ । स्थानीय व्यवसाय, पर्यटन उद्योग तथा दुई प्रदेशबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई समेत यस सेवाले थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन